नेभिगेशन
मुख्य समाचार

आजको संसद् : रास्वपाको विरोध, राप्रपाको बहिष्कार, सभामुखकाे पेलाई (तस्विरहरु)

काठमाडौँ । सोमबारको प्रतिनिधिसभा बैठक पनि आइतबारकै झैँ गरी अघि बढेको छ । ११ बजे बस्ने भनिएको बैठक ढिला गरि सुरु भए पनि प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका हुन् । 

आजको बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले राप्रपा र रास्वपालाई २–२ मिनेटको आकस्मिक समय दिएका थिए । आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूले सरकारलाई जबाफदेही बनाउन खोज्दा सरकारले बेवास्ता गरेको बताएका थिए । सोही कारण विरोधमा उत्रिएका आफूहरूलाई सभामुखले समेत नजरअन्दाज गरेर संसद् बैठक चलाउन नहुने बताएका छन् । संसद्मा सबै दल र सांसदको सम्मान हैसियत हुने बताउँदै उनले सभामुखलाई पेलेर अघि नबढ्न आग्रह गरे । त्यस्तै उनले आफूहरूले संसद् बैठक बहिस्कार गर्ने र बहिस्कार गरेको दिनको भत्ता आफूहरूले नलिने घोषणा गरेका थिए । 

CG

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूहरूको अडान कायम राखेको छ । उनीहरूले गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग राख्दै संसद्मा प्रदर्शन भइरहँदा सभामुखले त्यसलाई पेलेर अघि बढ्नु न्यायोचित नहुने बताए । 

आजको बैठकमा २ विपक्षी दलहरूले संसद्मा अवरोध र बहिस्कार गरेका छन् । रास्वपाका सांसदहरूले विरोध गर्दै बेल घेराउ गरेका छन् भने सभामुखले त्यसलाई पेलेर बजेटमाथिको छलफललाई निरन्तरता दिएका छन् । 

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलहरूले जेठ १३ गतेयता संसद् बैठकमा अवरोध गर्दै आइरहेका छन् । सुरुमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउनुपर्ने अडान कसेका प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले जेठ ३० गतेदेखि आफ्नो अडानबाट पछि हटे पनि रास्वपा र राप्रपाले भने आफ्नो अडान कायम राखेका छन् । 

samsad-abarodh-(5)-1750058689.jpg

samsad-abarodh-(6)-1750058689.jpg

samsad-abarodh-(3)-1750058688.jpg

samsad-abarodh-(4)-1750058688.jpg

samsad-abarodh-(2)-1750058687.jpg

samsad-abarodh-(1)-1750058687.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...

भर्खरै