नेभिगेशन
समाज

आजको संसद् : रास्वपाको विरोध, राप्रपाको बहिष्कार, सभामुखकाे पेलाई (तस्विरहरु)

काठमाडौँ । सोमबारको प्रतिनिधिसभा बैठक पनि आइतबारकै झैँ गरी अघि बढेको छ । ११ बजे बस्ने भनिएको बैठक ढिला गरि सुरु भए पनि प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले राप्रपा र रास्वपालाई २–२ मिनेटको आकस्मिक समय दिएका थिए । आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूले सरकारलाई जबाफदेही बनाउन खोज्दा सरकारले बेवास्ता गरेको बताएका थिए । सोही कारण विरोधमा उत्रिएका आफूहरूलाई सभामुखले समेत नजरअन्दाज गरेर संसद् बैठक चलाउन नहुने बताएका छन् । संसद्मा सबै दल र सांसदको सम्मान हैसियत हुने बताउँदै उनले सभामुखलाई पेलेर अघि नबढ्न आग्रह गरे । त्यस्तै उनले आफूहरूले संसद् बैठक बहिस्कार गर्ने र बहिस्कार गरेको दिनको भत्ता आफूहरूले नलिने घोषणा गरेका थिए । 

Ncell
Extreme Energy

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूहरूको अडान कायम राखेको छ । उनीहरूले गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग राख्दै संसद्मा प्रदर्शन भइरहँदा सभामुखले त्यसलाई पेलेर अघि बढ्नु न्यायोचित नहुने बताए । 

आजको बैठकमा २ विपक्षी दलहरूले संसद्मा अवरोध र बहिस्कार गरेका छन् । रास्वपाका सांसदहरूले विरोध गर्दै बेल घेराउ गरेका छन् भने सभामुखले त्यसलाई पेलेर बजेटमाथिको छलफललाई निरन्तरता दिएका छन् । 

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलहरूले जेठ १३ गतेयता संसद् बैठकमा अवरोध गर्दै आइरहेका छन् । सुरुमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउनुपर्ने अडान कसेका प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले जेठ ३० गतेदेखि आफ्नो अडानबाट पछि हटे पनि रास्वपा र राप्रपाले भने आफ्नो अडान कायम राखेका छन् । 

samsad-abarodh-(5)-1750058689.jpg

samsad-abarodh-(6)-1750058689.jpg

samsad-abarodh-(3)-1750058688.jpg

samsad-abarodh-(4)-1750058688.jpg

samsad-abarodh-(2)-1750058687.jpg

samsad-abarodh-(1)-1750058687.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...