नेभिगेशन
मुख्य समाचार

६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन् । उनी ६० किलो सुन तस्करी प्रकरणमा कारागारमा रहेको दाबा छिरिङकी श्रीमती हुन् ।

लामो समय देखि फरार रहेको भनिएकी रोकालाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौँबाटै पक्राउ गरेको जनाइएको छ । अमला ६० किलो सुन तस्करी प्रकरणमा जोडिएको ठमेलको भियना हाटेलकी सञ्चालक हुन् । दावा पक्राउ पर्दा घरमै रहेकी अमला पछि फरार भएकी थिइन् ।

CG

उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । 

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसको १९ दिनपछि फाइल सीआईबीमा सारेकाे थियो । 

६० किलो सुन तस्करी प्रकरण : फरार प्रतिवादी अमला रोकाविरूद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

सुन प्रकरणमा दावा पत्नी अमला फरार प्रतिवादी, विदेश भागेको आशंका

EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...