नेभिगेशन
सबै कुरा

सुन प्रकरणमा दावा पत्नी अमला फरार प्रतिवादी, विदेश भागेको आशंका

२७ भदौ काठमाडौं । ६० किलो सुन प्रकरणमा माओवादी नेताहरुसँग नजिक देखिएकी दावा पत्नी अमला रोकाको पनि संलग्नता पुष्टि भएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नु पर्ने राय सहित जिल्ला सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठमेलको भियना होटलकी सञ्चालक समेत रहेकी अमला, सुन प्रकरणका नाइके मानिएका बेल्जिएम दावा छिरिङ पत्नी हुन् । साथै उनि माओवादीका उपमहासचिव वर्षमान पुनकी चेली समेत हुन् । वर्षमानका भाई प्रनेश पुन र दावा पत्नी अमला सुन उत्खनन् तथा प्रसोधन गर्ने कम्पनी भियना मल्टीप्रपोजको व्यापारिक साझेदार समेत हुन् । 

Everest cinsult


२०६३ पछि अल्लो, भाँगो बेच्न काठमाडौं आएकी अमलाको अहिले सुन उत्खनन् तथा प्रशोधन गर्ने कम्पनी देखि होटल, र भियना क्यासिनोसम्ममा लगानी छ । साथै सुन प्रकरणमा दावा छिरिङसँग सम्बन्ध देखिएको बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीसँग पनि अमलाको व्यापारिक साझेदारी देखिएको छ । भण्डारीको बिध अटोमोवाइल्समा अमलाको पनि शेयर रहेको पाइएको छ । 

EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी

साउन १४ गते राजश्व अनुसन्धान विभागले दावालाई पक्राउ गरेपनि अमलालाई नियन्त्रणमा लिएको थिएन । दावा पक्राउ परेको केही दिनपछि पुर्वउपराष्ट्रपति तथा माओवादी नेता नन्दबहादुर पुनसँग भेटेको भिडियो पोष्ट गरेकी अमला अहिले भने नेपाल प्रहरीको फरार सूचीमा रहेकी छिन् । 

सीआईबी प्रमुख एआइजी किरण बज्राचार्यका अनुसार दावा पक्राउ परेको भोलिपल्टबाटै उनको फोन स्विच अफ भएको छ । अहिले उनले नेपाल छोडिसकेको देखिएको छ । उनले दावाको समुहले हङकङ र चीनबाट ल्याउने सुन व्यवस्थापनमा दावालाई सहयोग गर्दै आएकी थिइन् । उनिहरुकै व्यवस्थापनमा रेडी ट्रेडबाट मात्रै ३०२ किलो ६२ ग्राम सुन तस्करी भएको छ । 

अमला पक्राउ परेपछि सुन तस्करीका लागि आयात भएको मेसिनदेखि राजनीतिक दलका नेताहरुको कनेक्सन स्पष्ट हुने सीआईबीको दाबी छ ।

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...