नेभिगेशन
समाज

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी ६० किलो सुन तस्करी प्रकरणमा कारागारमा रहेको दाबा छिरिङकी श्रीमती हुन् । लामो समयदेखि फरार रहेकी उनलाई शुक्रबार प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

Extreme Energy
citizen life

त्यस्तै आइतबार अदालत पेश भइकी उनको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको थियो । सो बहसपछि सकिएपछि सोमबार उनलाई धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले सिधाकुरालाई बताए । 

अमला ६० किलो सुन तस्करी प्रकरणमा जोडिएको ठमेलको भियना हाटेलकी सञ्चालक हुन् । दावा पक्राउ पर्दा घरमै रहेकी अमला पछि फरार भएकी थिइन् ।

उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । 

उनी फरार रहेकै अवस्थामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नु पर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाएको थियो । 

गत साउन १४ गते राजश्व अनुसन्धान विभागले अमलाका पति दावालाई नियन्त्रणमा लिएको थियो ।  दावा पक्राउ परेको केही दिनपछि पुर्वउपराष्ट्रपति तथा माओवादी नेता नन्दबहादुर पुनसँग भेटेको भिडियो पोष्ट गरेकी अमला पछि भने नेपाल प्रहरीको फरार सूचीमा रहेकी थिइन् ।

अमलाले दावाको समुहले हङकङ र चीनबाट ल्याउने सुन व्यवस्थापनमा दावालाई सहयोग गर्दै आएकी थिइन् । उनीहरुकै व्यवस्थापनमा रेडी ट्रेडबाट मात्रै ३०२ किलो ६२ ग्राम सुन तस्करी भएको अनुसन्धानमा देखिएको थियो  । 

साथै उनी माओवादीका उपमहासचिव वर्षमान पुनकी चेली समेत हुन् । वर्षमानका भाई प्रनेश पुन र दावा पत्नी अमला सुन उत्खनन् तथा प्रसोधन गर्ने कम्पनी भियना मल्टीप्रपोजको व्यापारिक साझेदार रहेको सिधाकुराले खुलासा गरेको थियो । 

गत साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको ६०  किलो सुन बरामद गरेको थियो । त्यसको १९ दिनपछि फाइल सीआईबीमा सारेको थियो । 

६० किलो सुन तस्करी प्रकरण : फरार प्रतिवादी अमला रोकाविरूद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

सुन प्रकरणमा दावा पत्नी अमला फरार प्रतिवादी, विदेश भागेको आशंका

EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारीश्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ श्रृङ्खला ५ : तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी श्रृङ्खला ६ : EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी श्रृङ्खला ७ : विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! फर्जी विवरण झपेन्द्रद्वारा प्रमाणिकरणश्रृङ्खला ८ : सुन तस्करहरुको मास्टर कोड ‘१० रुपैयाँको नोट’ सुन तस्करी प्रकरणमा सीआईबीको अधुरो अनुसन्धान, कसको के भुमिका ?

६० किलो सुन प्रकरणमा एक सातादेखि प्रतिवादीकाे बहस जारी, डा भिमार्जुन सहित वरिष्ठ अधिवक्ताहरू सुन तस्करको प्रतिरक्षामा

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्थिक अवस्थालाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

आर्थिक अवस्थालाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीको वातावरण बनाउने नीति रहेको उल्लेख गरे । अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई पनि मध्यनजर गरिएको बताए...
अव्यवस्थित बस्ती हटाउने अभियानको विरोध

अव्यवस्थित बस्ती हटाउने अभियानको विरोध

सुकुम्वारी भूमिहिनहरुको उचित व्यवस्थापन नगरि उनीहरुलाई जवरजस्ती हटाउने काम गरिएको भन्दै शनिबार युवाहरुको समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
धोबी खोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

धोबी खोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका  जोखिमयुक्त बस्ती हटाएको थियो । हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी निर्माण गरिएका करिब दुई...