नेभिगेशन
समाज

सुर्खेतबाट काठमाडौंसम्म पैदल यात्रामा नवराज बोहराले प्रचण्डसँग भेट

काठमाडौं । सुर्खेतदेखि करिब एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुगेका नवराज बोहराले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बोहराले वातावरण संरक्षण, कर्णाली प्रदेशको समग्र विकास, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सुशासन स्थापनाका लागि आफू अभियानमा लागेको जानकारी प्रचण्डलाई दिएका हुन्।

Ncell
Extreme Energy

भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहराको अभियानलाई सकारात्मक रूपमा स्वागत गर्दै माओवादी केन्द्रको अभियानसँग मिल्ने धारणा राखे। उनले आफू नेतृत्वको सरकार हुँदा कर्णाली प्रदेशको विकासका लागि थालिएका पहलहरू त्यसको प्रमाण भएको स्पष्ट पारे।

"कर्णालीको समृद्धिका लागि सरकारमा रहँदा थुप्रै काम अघि बढाएका छौं, अझै धेरै गर्न बाँकी छ," प्रचण्डले भने, "तपाईंको अभियान प्रशंसनीय छ, म व्यक्तिगत रूपमा र पार्टीबाट समेत समर्थन गर्नेछौं।"

प्रचण्डले बोहरालाई अभियानलाई निरन्तरता दिन शुभकामना दिँदै आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

बोहराले भने आफू व्यक्तिगत स्वार्थ होइन, कर्णाली र देशका लागि आवाज उठाइरहेको बताए। उनले आफ्नो अभियानमा राजनीतिक दल, नागरिक समाज र आम जनता सबैको साथ र समर्थन आवश्यक रहेको बताए।

प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै