नेभिगेशन
मुख्य समाचार

सुर्खेतबाट काठमाडौंसम्म पैदल यात्रामा नवराज बोहराले प्रचण्डसँग भेट

काठमाडौं । सुर्खेतदेखि करिब एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुगेका नवराज बोहराले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्।

बोहराले वातावरण संरक्षण, कर्णाली प्रदेशको समग्र विकास, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सुशासन स्थापनाका लागि आफू अभियानमा लागेको जानकारी प्रचण्डलाई दिएका हुन्।

भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहराको अभियानलाई सकारात्मक रूपमा स्वागत गर्दै माओवादी केन्द्रको अभियानसँग मिल्ने धारणा राखे। उनले आफू नेतृत्वको सरकार हुँदा कर्णाली प्रदेशको विकासका लागि थालिएका पहलहरू त्यसको प्रमाण भएको स्पष्ट पारे।

"कर्णालीको समृद्धिका लागि सरकारमा रहँदा थुप्रै काम अघि बढाएका छौं, अझै धेरै गर्न बाँकी छ," प्रचण्डले भने, "तपाईंको अभियान प्रशंसनीय छ, म व्यक्तिगत रूपमा र पार्टीबाट समेत समर्थन गर्नेछौं।"

प्रचण्डले बोहरालाई अभियानलाई निरन्तरता दिन शुभकामना दिँदै आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

बोहराले भने आफू व्यक्तिगत स्वार्थ होइन, कर्णाली र देशका लागि आवाज उठाइरहेको बताए। उनले आफ्नो अभियानमा राजनीतिक दल, नागरिक समाज र आम जनता सबैको साथ र समर्थन आवश्यक रहेको बताए।

प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...