नेभिगेशन

भिडियो ग्यालरी

ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन

हेटाैँडा । गत असार ७ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ति नगरपालिका–३ को खहरे पुलमा यात्रुबाहक बससँग यात्रुबाहक विद्युतीय माईक्रो बस ठोक्किएर ७ जनाको ज्यान जाँदा मैया पहाडीसहित उनका एकमात्र छोरा सरोज पहाडी, बुहारी रेनुका कँडेलसमेतको ज्यान गयो । 

मृतक २७ बर्षीया रेनुका कँडेल भर्गवति थिइन् । उनी सुत्केरी हुने डेट असार ८ गते आईतबारका लागि तोकिएको थियो । रेनुकालाई सुत्केरी गराउन सासु ५३ बर्षीया मैया पहाडी र रेनुकाका श्रीमान् अस्पतालतर्फ लागेका थिए । 
अस्पतालका डाक्टरले आईतबारको समय दिएकाले शनिबार नै उनीहरु चितवन तर्फ गएका थिए । तर उनीहरु अस्पताल नपुग्दै सवारी दुर्घटनामा तीनैजना अस्ताए । उनीहसँगै यस धर्तीमा आगमन गर्दै गरेको शिशुले संसार देख्नै पाएन ।  


दुर्घटनामा ज्यान गुमाएका सरोज र रेनुकाकी अघिल्लो सनतान छोरी छिन् । उनले एकैपटक आमाबाबु र हजुरआमा गुमाइन् । बाबुआमा र हजुरआमा समेत गुमाएकी सानी नानीलाई शोकको बेला आफन्तको घरमा राखिएको छ । गर्भमा हुर्किरहेको शिशुसहित गन्दा चार जनाको एकैचोटि मृत्यु भएको यो घटनाले अहिले अहिले गाउँनै शोकमा छ । 


सरोजका बाबु ५८ बर्षीय रेवतीरमण पहाडी शिक्षण पेशामा थिए । जागिरको सिलसिलामा सिन्धुलीको स्थायी बसोबास छोडेर स्थायी रुपमै हेटौंडा–५ पिप्लेमा बस्दै आएका थिए । बाबुआमा, श्रीमति, छोरीसहित बसेका सरोज घरजग्गाको कारोबार गर्थे । तर पछिल्लो समयको आर्थिक मन्दीका कारण व्यवसायमा असर गरेपछि खेतीपातीमा समय बिताउने गरेका थिए । 

हेटौंडा बागमती प्रदेशको राजधानी हो । प्रदेश राजधानी भएपनि सोचेजस्तो स्वास्थ्य सेवा ंदिन नसकेको आरोप खेपिरहेको हेटौंडा अस्पतालमै सुत्केरी गराउन सक्ने सबै सेवा सुविधा भएको भए अकालमा आफ्नी ठूलीआमा, दाजुभाउजू गुमाउनु पर्ने थिएन भन्छन्, मृतक आफन्त विवेक फुयाँल । सर्वसाधारणको उपचार, सेवा सुविधामा भन्दा अस्पतालको नामाकरण हेटौंडा अस्पताल राख्ने कि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने भन्ने जुहारी मात्रै चल्ने तर सर्वसाधारणको सुविधामा कसैले चासो नराख्दा नागरिकले अनाहकमा ज्यान गुमाउन बाध्य हुनु परेको भन्दै आफन्तहरुले पीडिा मिश्रित आक्रोस पोखिरहेका छन् । पछिल्लो समय बजारमा आएको विद्युतीय सवारीको नियमन नहुँदा पनि यस्ता दुर्घट्ना बढिरहेको आफन्तहरु बताउँछन् । 

मृतक सरोजका नातामा मामा पर्ने ज्ञानेन्द्र देवकोटाले दुर्घटना स्थलको अवस्था हेर्दा विद्युतीय सवारीको लापरबाहीकै कारण दुर्घटना भएको बताएका छन् । हेटौंडाबाट नारायणघाट ७६ किलोमिटर छ । तर विद्युतीय सवारीहरु बढी कमाउने ध्याउन्नमा ५० मिनेटमै पुग्ने गरी ओभर स्पीड गर्दा दुर्घटना निम्तिएकाले यसको नियमन हुनु पर्ने देवकोटा बताउँछन् । उनले प्रदेश राजधानीको हेटौंडा अस्पतालले सामान्य सेवा सुविधा दिन नसक्नु दुर्भाग्य रहेको बताए । 

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको विद्युतीय सवारी साधन (इभी) एक आपसमा ठोक्किएका थिए ।
 

प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानले पनि शत्रुहरूबाट आफ्नो न्युक्लियर साइटहरु फोर्डो, नताञ्ज र इस्फाहानमा आक्रमण भएको पुष्टि गरेको छ । तर, उसले आक्रमणबाट भएको क्षतिबारे स्पष्ट केही भनेको छैन् ।  तर, तेहरानबाट...
कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

कारागारबाट रवि लामिछानेको अपिलः म रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ(पूर्णपाठ)

सबैले मेरै बलि चढाउने भाकल गरेका छन्। कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने। म एउटा मान्छे...
केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

'राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन !', एमालेका वाचाल नेता, तत्कालीन महासचिव मदनकुमार भण्डारी बारम्बार यसो भनिरहन्थे। तिक्तता र शत्रुता भुलेर सङ्गठन र पार्टी निर्माणमा जुट्न एमाले नेताहरूलाई...