नेभिगेशन
समाज

कांग्रेसको माग– तत्काल राज्य व्यवस्था समितिको बैठक बोलाइयोस्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो समय सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाक्रमबारे छलफल गर्न कांग्रेसले राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेको हो । 

Marvel
Extreme Energy

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित सांसदहरु अर्जुननरसिंह, निश्कल राई र रेखाकुमारी यादवले सभापति हरि ढकाललाई पत्र पठाउँदै समितिको बैठक बोलाउन माग गरेका हुन् । 

इनम सापकोटा प्रकरणमा राज्य संयन्त्रको दुरूपयोग गरिएको, प्रहरी हिरासतमा रहेका व्यक्तिको फोन तथा अडियो अनधिकृत व्यक्तिको पहुँचमा पुगेको र सरकारले कानुनविपरीत प्रहरी प्रमुख हेरफेर गरेको लगायत विषयमा राज्य व्यवस्था समितिमा छलफल हुनुपर्ने कांग्रेसको माग छ । 

त्यस्तै सञ्चारगृह र पत्रकारलाई पक्राउ गर्ने विषयमा छलफल गरिनुपर्ने उनीहरुको निवेदनमा उल्लेख छ । छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई समितिको बैठकमा अनिवार्य उपस्थित गराउन पनि कांग्रेसका सांसदहरुले माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation