नेभिगेशन
नेताका कुरा

आफ्ना कमजोरी लुकाउन कांग्रेसमाथि प्रहार : महामन्त्री डिला

काठमाडौँ । कांग्रेस महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरेर निराधार हल्ला चलाइरहेको आरोप लगाएकी छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज काठमाडौँमा आयोजित कार्यक्रममा महामन्त्री संग्रौलाले सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर सभापति गगन थापालाई बद्नाम गराउन खोजेको दाबी गरिन् । 

Marvel
Extreme Energy

‘आफ्ना काला कर्तुत लुकाउनकै लागि बालेन सरकारले गगन थापालाई पक्रने हल्ला फैलायो’ उनले भनिन् । 

महामन्त्री संग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले सरकारलाई षड्यन्त्र बन्द गर्न चेतावनी दिइन् । 

सरकारले न्यायालय, प्रहरी र सञ्चारजगतमाथि हस्तक्षेप बढाएको उल्लेख गर्दै यसबाट देशमा लोकतन्त्र नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
तिहारभर काभ्रेमा टिपर चलाउन प्रतिबन्ध

तिहारभर काभ्रेमा टिपर चलाउन प्रतिबन्ध

कांग्रेसको माग– तत्काल राज्य व्यवस्था समितिको बैठक बोलाइयोस्

कांग्रेसको माग– तत्काल राज्य व्यवस्था समितिको बैठक बोलाइयोस्

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित सांसदहरु अर्जुननरसिंह, निश्कल राई र रेखाकुमारी यादवले सभापति हरि ढकाललाई पत्र पठाउँदै समितिको बैठक बोलाउन माग गरेका हुन् ।