नेभिगेशन
समाज

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्धार सेवा ११२२ का अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये आठ जनालाई सामान्य चोट लागेको छ भने २५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । मुल्तानबाट कसुरतर्फ जाँदै गरेको बस देपालपुर सडकखण्डमा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको जिल्ला प्रशासनले जनाएको छ । उद्धारकर्मीहरूले क्रेन तथा भारी उपकरण प्रयोग गरी तीन घण्टासम्म उद्धार कार्य गरेका थिए ।

Marvel
Extreme Energy

यसैबीच, पञ्जाबमा अक्टोबर महिनामा मात्रै ४४ हजार ७९७ सडक दुर्घटना हुँदा ४६४ जनाको मृत्यु र २३ हजार ५४३ जना गम्भीर घाइते भएको उद्धार विभागले जनाएको छ । तीमध्ये करिब तीन चौथाइ दुर्घटनामा मोटरसाइकल संलग्न थिए ।

उक्त महिनामा उद्धार सेवा ११२२ ले दुई लाख ३१ हजार ५६ आपत्कालीन घटनामा सेवा दिएको थियो । यस अवधिमा एक हजार ७२६ आगलागी र ९४ डुब्ने घटना पनि अभिलेख गरिएको थियो । प्रान्तीय राजधानी लाहोरमा सबैभन्दा बढी सात हजार ८७४ सडक दुर्घटना भएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कार्कीको रिटमा तिहारपछि सुनुवाइ

कार्कीको रिटमा तिहारपछि सुनुवाइ

उदयपुरमा ३८ परिवारले पाए लालपुर्जा, अरू पालिकामा पनि वितरणको तयारी

उदयपुरमा ३८ परिवारले पाए लालपुर्जा, अरू पालिकामा पनि वितरणको तयारी

वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वबाट वञ्चित उदयपुरका भूमिहीन तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउन थालेका छन्। यसैक्रममा त्रियुगा नगरपालिकाका ३८ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
बदलिँदो विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले भने– संवाद र सहकार्यबाटै शान्ति सम्भव

बदलिँदो विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले भने– संवाद र सहकार्यबाटै शान्ति सम्भव

नेकपा एमालेका सचिव शेरधन राईले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वासको पुनर्निर्माण, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।