नेभिगेशन
समाज

नेपाल प्रिमियर लिग: सुदूरपश्चिमले कर्णालीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरे । सुदूपश्चिमलाई पराजित गर्दै कर्णाली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । 

Marvel
Extreme Energy

कर्णालीले तीन खेलमा दुईमा जित तथा एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको कर्णालीले दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा भने कर्णाली काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । कर्णालीको ४ अङ्क छ । 

यस्तै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले कर्णालीलाई हराउँदै जित हासिल गर्न चाहन्छ । तेस्रो संस्करणको एनपिएलमा सुदुरपश्चिमले चार खेल खेलेको छ । जसमा दुई खेलमा जित हासिल गर्दा दुई खेलमा पराजय भोगेको छ । 

सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेट तथा तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित भएको हो । त्यसैगरी दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग ६ तथा चौथो खेलमा चितवन राइनोजसँग ५ विकेटले विजयी भएको थियो । सुदुरपश्चिमको पनि समान ४ अङ्क नै छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुका २६१ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुका २६१ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
चितवनका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

चितवनका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी, डेमोक्रेटिक कङ्ग्रेससँग टकरावको सङ्केत

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी, डेमोक्रेटिक कङ्ग्रेससँग टकरावको सङ्केत

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने सङ्केत गरेका छन्।
जनताको सुरक्षा बजेटभन्दा पहिलो प्राथमिकता होः रवि लामिछाने

जनताको सुरक्षा बजेटभन्दा पहिलो प्राथमिकता होः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट चितवनको बजार क्षेत्र र त्यहाँका बासिन्दाको सुरक्षाका लागि तत्काल तथा दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन्।