नेभिगेशन
समाज

जनताको सुरक्षा बजेटभन्दा पहिलो प्राथमिकता होः रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट चितवनको बजार क्षेत्र र त्यहाँका बासिन्दाको सुरक्षाका लागि तत्काल तथा दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नारायणी नदी कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्त्व र व्यवसायीको सम्पत्ति जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए।

Marvel
Extreme Energy

बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य सङ्घले जानकारी गराएलगत्तै आफूले सम्बन्धित निकायलाई खबर गरेको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको उनले जानकारी दिए। उक्त टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै उनले अध्ययनबाट पहिचान भएका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए।

लामिछानेले तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपायलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। प्राविधिक अध्ययनले आवश्यक देखाए भविष्यमा बजार क्षेत्र नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो। त्यस्तो अवस्था आए सबै सरोकारवालाको सहमतिमा निर्णय लिनुपर्ने उनले बताए।

“जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो। जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो”, लामिछानेले भने, “नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ।”

आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता दिनुपर्ने मान्यता नराखेको स्पष्ट पार्दै उनले देशका सबै प्रभावित क्षेत्रको आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताए। कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको समस्या पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

चितवनको समस्या पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन हुने बताउँदै लामिछानेले तत्काल गर्नुपर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिए। अध्ययनबाट पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले सरोकारवालालाई आश्वस्त रहन आग्रह गरे।

छलफलमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणी नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानका लागि लामिछानेले सुरुदेखि नै पहल गर्दै आएको बताए। उनले नदी कटानको दीर्घकालीन समाधान हुने गरी योजना बनाउन आग्रह गरे।

यसअघि लामिछानेले नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी, डेमोक्रेटिक कङ्ग्रेससँग टकरावको सङ्केत

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी, डेमोक्रेटिक कङ्ग्रेससँग टकरावको सङ्केत

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने सङ्केत गरेका छन्।
ह्वात्तै सस्तियो सुन

ह्वात्तै सस्तियो सुन

नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव जारी छ। बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ।
टी २० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक बनाएका युवराज पोखरा एभेन्जर्समा अनुबन्ध

टी २० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक बनाएका युवराज पोखरा एभेन्जर्समा अनुबन्ध

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले क्यानडाका ब्याटर युबराज सम्रा र युएईका बलर मारुफ मर्चेन्टलाई अनुबन्ध गरेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनका लागि सरकारले ल्यायो कानुन (पूर्णपाठ)

उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनका लागि सरकारले ल्यायो कानुन (पूर्णपाठ)

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा देखिने लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा...

भर्खरै