नेभिगेशन
समाज

राष्ट्रपतिसँग सभामुखको भेट, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

Marvel
Extreme Energy

भेटमा राष्ट्रपति पौडेलले संसद्मा पर्याप्त बहस र छलफल हुनुपर्नेमा जोड दिएका थिए। संसद्मा जति धेरै विचारविमर्श हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने उनको भनाइ थियो। उनले सरकारका कामकारबाहीबारे समेत चासो राखेका थिए।

जवाफमा सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलबाट संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएका थिए।

भेटमा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि उनले जानकारी गराएका थिए।

सभामुख अर्यालले सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका पदाधिकारीसँग राष्ट्रपति र सभामुखको सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि जानकारी गराएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।
बदलिँदो विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले भने– संवाद र सहकार्यबाटै शान्ति सम्भव

बदलिँदो विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले भने– संवाद र सहकार्यबाटै शान्ति सम्भव

नेकपा एमालेका सचिव शेरधन राईले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वासको पुनर्निर्माण, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
नेपाल प्रिमियर लिग: सुदूरपश्चिमले कर्णालीविरुद्ध ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग: सुदूरपश्चिमले कर्णालीविरुद्ध ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरे । सुदूपश्चिमलाई पराजित गर्दै कर्णाली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको...