नेभिगेशन
क्रिकेट

एसिया कप क्रिकेटः भारतलाई नेपालले दियो १२९ रनको चुनौती

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिता (एसिसी)अन्तर्गत १९ वर्षमुनिको आज जारी खेलमा नेपालले भारतलाई जीतका लागि १२९ रनको सामान्य लक्ष्य दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो । 

Marvel
Extreme Energy

नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आशिष लुहारले ४५ बलमा २९ रन जोड्दा निरजकुमार यादवले ४८ बलमा २० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङतर्फ भारतका इशान सूदले १० ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अर्जुन राजपुतले ५.३ ओभरमा ८ रन दिँदै ३ विकेट हात पारे । शवीर गौडले २ विकेट लिए भने मनाल चौहान र काव्या परेश पटेलले समान १/१ विकेट लिए । भारत अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
कार्कीको रिटमा तिहारपछि सुनुवाइ

कार्कीको रिटमा तिहारपछि सुनुवाइ

उदयपुरमा ३८ परिवारले पाए लालपुर्जा, अरू पालिकामा पनि वितरणको तयारी

उदयपुरमा ३८ परिवारले पाए लालपुर्जा, अरू पालिकामा पनि वितरणको तयारी

वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वबाट वञ्चित उदयपुरका भूमिहीन तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउन थालेका छन्। यसैक्रममा त्रियुगा नगरपालिकाका ३८ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।
बदलिँदो विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले भने– संवाद र सहकार्यबाटै शान्ति सम्भव

बदलिँदो विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले भने– संवाद र सहकार्यबाटै शान्ति सम्भव

नेकपा एमालेका सचिव शेरधन राईले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वासको पुनर्निर्माण, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।