नेभिगेशन
समाज

लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी विधिको शासन र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालन गर्दा परिणामसँगै कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यतालाई पनि ध्यान दिनुपर्ने बताएका हुन्।

Marvel
Extreme Energy

सरकारका कामकारबाही र पार्टीका गतिविधिले रास्वपा अपरिपक्व रहेको वा सत्ता सञ्चालन गर्न नसक्ने रहेछ भन्ने सन्देश जान नहुने उनको भनाइ थियो।

‘हामीले कतै हामी अपरिपक्व रहेछौँ कि, हामीबाट सत्ता सञ्चालन हुँदैन कि भन्ने संशय पैदा होला भन्ने कुरामा सचेत हुनुपर्छ। हाम्रो व्यवहार, क्रियाकलाप र गतिविधि विधिको शासन तथा कानुनी राज्य स्थापनाका लागि हुनुपर्छ। लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो,’ उनले भने।

लामिछानेले लोकतान्त्रिक प्रक्रियामा देखाइने व्यवहारलाई अन्य राजनीतिक दल, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायले समेत नियालिरहेको बताए। पार्टीले सरकारलाई आवश्यक पर्दा सचेत गराउनु अस्वाभाविक नभएको उल्लेख गर्दै उनले त्यसलाई सरकारविरुद्धको विद्रोह वा पार्टीभित्रको विग्रहका रूपमा बुझ्न नहुने बताए।

‘पार्टीले सरकारलाई कहिलेकाहीँ घच्घच्याउँदा लौ बर्बाद भयो, यिनीहरू ठोक्न थाले, उसलाई यसो भन्न थाले, उसलाई त्यसो भन्न थाले भनेर दुईवटा फोटो टाँसेर केही गर्न जरुरी छैन। रास्वपा भनिरहन्छ, रवि लामिछाने भनिरहन्छ। डराएर होइन, डटेर भनिरहन्छ,’ उनले भने।

उनले लोकतन्त्र प्राप्तिका लागि विगतमा भएका बलिदानीको अवमूल्यन गर्न नहुने पनि बताए। अहिले प्राप्त स्वतन्त्रता, स्वतन्त्र प्रेस, मानव अधिकार र अदालतजस्ता संस्थाहरू सहजै प्राप्त नभएको उल्लेख गर्दै उनले यी उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताए।

लोकतन्त्रका लागि धेरैले जीवन बलिदान गरेको, गोली लागेर अंगभंग भएको र आफन्त गुमाएको स्मरण गर्दै उनले उनीहरूको बलिदानी खेर जान दिन नहुने बताए।

‘घण्टी बजाउँदै हिँडेर, रवि दाइ हाइहाइ भन्दैमा यी उपलब्धि प्राप्त भएका होइनन्। मान्छे मरेका छन्, रगत बगाएका छन्। त्यसको मूल्य ठूलो छ। त्यसको अवमूल्यन र अपमान गर्ने अधिकार हामी कसैलाई पनि छैन,’ उनले भने।

आफ्ना लागि लोकतन्त्रभन्दा ठूलो कुरा केही नभएको उल्लेख गर्दै लामिछानेले लोकतान्त्रिक मूल्य र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पार्टीको साझा अडान बनाउनुपर्ने बताए।

‘डेमोक्रेसीभन्दा ठूलो केही पनि छैन मेरा लागि। यही कुरा तपाईं–हामी सबैले भन्नुपर्ने हुन्छ। यो कुनै विद्रोह, विग्रह, गुट वा मतान्तरको सङ्केत होइन। यो त हाम्रो प्रतिबद्धता हो,’ उनले भने।

लामिछानेले रास्वपा सरकारको कार्यसम्पादनको विरोधमा नभएको स्पष्ट पार्दै सरकारले जनताका अपेक्षा बुझेर काम गर्नुपर्नेमा जोड दिए। प्रतिपक्षी दलले रास्वपाभित्र मतभेद देखेर खुसी हुन खोजे पनि त्यसमा आफूहरूको आपत्ति नरहेको उनको भनाइ थियो।

सरकारबाट जनताले गरेको अपेक्षा बुझ्न र त्यसअनुसार काम गर्न आवश्यक रहेको दोहोर्‍याउँदै उनले लोकतान्त्रिक प्रक्रिया र विधिको शासनप्रति पार्टी प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारभर काभ्रेमा टिपर चलाउन प्रतिबन्ध

तिहारभर काभ्रेमा टिपर चलाउन प्रतिबन्ध

कांग्रेसको माग– तत्काल राज्य व्यवस्था समितिको बैठक बोलाइयोस्

कांग्रेसको माग– तत्काल राज्य व्यवस्था समितिको बैठक बोलाइयोस्

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित सांसदहरु अर्जुननरसिंह, निश्कल राई र रेखाकुमारी यादवले सभापति हरि ढकाललाई पत्र पठाउँदै समितिको बैठक बोलाउन माग गरेका हुन् ।