नेभिगेशन
समाज

राष्ट्रिय धान दिवसः खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै (तस्बिरहरु)

काठमाडौँ । आज असार १५ गते २२ औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किसानहरूका लागि असार १५ वर्षभरिकै मुख्य दिन हो । हालसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यो तथ्यांक असार १३ गते शुक्रबारसम्मको हो ।

Ncell
Extreme Energy

धान नेपालको मुख्य खाद्यबाली हो । नेपालमा उपभोग हुने कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ ।

सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न पहल गर्दै आएको छ । यसका बाबजुद धानचामल आयातको तथ्यांक पनि डरलाग्दो छ । चालु आर्थिक वर्षकको ११ महिनामा झन्डै ३९ अर्ब रुपैयाँको धानचामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यो अवधिमा २६ करोड १९ लाख १९ हजार किलो धान आयात भएको हो ।

नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग छ । यसमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । वार्षिक १२ देखि १५ लाख मेट्रिक टन बराबरको धानचामल नेपालमा आयात हुने गरेको तथ्यांक छ ।

चालु आर्थिक वर्ष २०८१÷८२ देशभर १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्‌बाट धानबालीका विभिन्न १४० भन्दा बढी जातहरू दर्ता भएका छन् ।
काठमाडौँ उपत्यकाको माटो खेतीका लागि निकै उर्भर भएतापनि अव्यवस्थित सहरीकरण, जमिनको खण्डीकरणले गर्दा यहाँको कृषि जमिनमा अहिले घर तथा आवासीय क्षेत्र निर्माण हुँदै गएका छन् ।
उपत्यका केही पुरानो बस्ती तथा गाउँहरूमा खेती गरिने भए पनि अन्य क्षेत्रमा भने खेती गर्न जमिनको अभाव देखिएको छ । 

खेतीयोग्य जमिनमा घर बनाउँदा धान चामलको आयात झनै बढेको देखिन्छ । काठमाडौँ उपत्यकामा मात्र नभएर गाउँघरमा बसाइसराईको प्रभावले खेती योग्य जमिन बाजो भएका छन् ।

तस्बिरमा काठमाडौं उपत्यकासँगै खेतीयोग्य जमिनमा निर्माण भएका आवासः

Dhan--Khet-2-1751173512.jpg

Dhan--Khet-1-1751173512.jpg

Dhan--Khet-1751173513.jpg

kathmandu-valley-1-1751173513.jpg

Plotting-1751173515.jpg

Ropai'-1751173515.jpg

kathmandu-valley-1751173514.jpg

Planning_-1751173514.jpg

ropai_-1751173517.jpg

ropai_3-1751173518.jpg

ropai_2-1751173518.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...