नेभिगेशन
समाज

स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पने गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । शुक्रकार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । 

Ncell
Extreme Energy

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । 

यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । 

प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।

विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरे । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए।

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-7-1751630770.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-1751630770.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-5-1751630769.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-6-1751630769.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-1-1751630766.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-2-1751630766.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-4-1751630767.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...