नेभिगेशन
मुख्य समाचार

स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पने गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । शुक्रकार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । 

City Express

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । 

यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । 

प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।

विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरे । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए।

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-7-1751630770.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-1751630770.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-5-1751630769.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-6-1751630769.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-1-1751630766.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-2-1751630766.jpg

KP-SHARMA-OLI-BACK-FROM-SPAIN-4-1751630767.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

भर्खरै