नेभिगेशन
समाज

फेरिएको काँठ क्षेत्र: परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

 नेपालको जनसङ्ख्या गाउँबाट ओरालो र सहरमा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । मानिसको सहर मोहले गर्दा जनसङ्ख्या सहर केन्द्रित हुँदा गाउँ रित्तिँदै गएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रवार मात्र सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँ तुलनामा सहरी क्षेत्रमा जनसङ्ख्या वृद्धि तीव्र भएको देखाएको छ।

Ncell
Extreme Energy

२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा झरेको छ भने सहरी क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । 

Village_NPL_-763-1751695983.jpg
 

विकास उकालो लाग्यो र मानिस उरालो लागे भन्ने भनाई अहिले काठमाडौँ उपत्यकाको तारकेश्वर नगरपालिका १ साङला गाउँ र टोखा नगरपालिका १ दुलाल गाउँलाई हेर्दा हुन्छ ।

गाउँ नै रित्तिने गरी भएको बसाइसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ ।  उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र घरका आँगनमा झार उम्रेन थालेका छन् ।

गाउँमा एकाघर मानिस बस्ने भए पनि मौलिकता हराएको देखिन्छ । २०७२ सालको भूकम्पले मौलिक र परम्परागत घरहरू हराए भने अधिकांश गाउँ नै छाडेर गएको स्थानीय बताउँछन् ।

Village_NPL_-756-1751695987.jpg
 

दुलाल गाउँका स्थानीय दीपेन्द्र दुलालले भने "पहिले यहाँ १२० घरधुरी रहेकोमा भूकम्प पछि सबै जसो घरहरू खाली भए धेरैले खेत बेचेर खेत मै घर बनाए, कतिले गाउँमै ठुला सिमेन्टका घर बनाए, अहिले त ५-७ घरमा मात्र मानिस बस्ने गरेका छन्, नुवाकोट, कालिकोट सम्म का मानिस यहाँ भाँडामा बस्छन् ।

 काठमाडौँमै रहेर पनि कुनै समय निकै ग्रामीण र दुर्गम जस्तै रहेको सो क्षेत्रमा अहिले बिजुली, सडक पुगेको छ । पहिले पहिले हिँडेर टोखासम्म गाईबस्तुका लागि पराल र दैनिक उपभोग्य सामग्री लिन गएको कुरा स्मरण गर्छन् साङला सल्लेगाउँका रामप्रसाद ढकाल ।

Village_NPL_-762-1751695976.jpg
 

अहिले मोटर बाटो र अरू सुविधा आइसकेको छ तर गाउँमा मानिस नरहेको ढकालले बताए ।   काँठ क्षेत्रका धेरैले ४०-५० मुरी धान फल्ने खेत बेचेर घर बनाएको र  घर बनाउन ७ आना जग्गा बेचेको कुरा उनले सुनाए ।

यो तल जाती पनि घर बनेको, प्लटिङमा भएको सबै खेत थियो अहिले घर बन्यो साङला सापकोटा गाउँका रुद्र सापकोटाले बताए ।

Village_NPL_-758-1751695974.jpg

Village_NPL_-757-1751695974.jpg

Village_NPL_-761-1751695923.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...