नेभिगेशन
मुख्य समाचार

फेरिएको काँठ क्षेत्र: परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

 नेपालको जनसङ्ख्या गाउँबाट ओरालो र सहरमा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । मानिसको सहर मोहले गर्दा जनसङ्ख्या सहर केन्द्रित हुँदा गाउँ रित्तिँदै गएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रवार मात्र सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँ तुलनामा सहरी क्षेत्रमा जनसङ्ख्या वृद्धि तीव्र भएको देखाएको छ।

City Express

२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा झरेको छ भने सहरी क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । 

Village_NPL_-763-1751695983.jpg
 

विकास उकालो लाग्यो र मानिस उरालो लागे भन्ने भनाई अहिले काठमाडौँ उपत्यकाको तारकेश्वर नगरपालिका १ साङला गाउँ र टोखा नगरपालिका १ दुलाल गाउँलाई हेर्दा हुन्छ ।

गाउँ नै रित्तिने गरी भएको बसाइसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ ।  उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र घरका आँगनमा झार उम्रेन थालेका छन् ।

गाउँमा एकाघर मानिस बस्ने भए पनि मौलिकता हराएको देखिन्छ । २०७२ सालको भूकम्पले मौलिक र परम्परागत घरहरू हराए भने अधिकांश गाउँ नै छाडेर गएको स्थानीय बताउँछन् ।

Village_NPL_-756-1751695987.jpg
 

दुलाल गाउँका स्थानीय दीपेन्द्र दुलालले भने "पहिले यहाँ १२० घरधुरी रहेकोमा भूकम्प पछि सबै जसो घरहरू खाली भए धेरैले खेत बेचेर खेत मै घर बनाए, कतिले गाउँमै ठुला सिमेन्टका घर बनाए, अहिले त ५-७ घरमा मात्र मानिस बस्ने गरेका छन्, नुवाकोट, कालिकोट सम्म का मानिस यहाँ भाँडामा बस्छन् ।

 काठमाडौँमै रहेर पनि कुनै समय निकै ग्रामीण र दुर्गम जस्तै रहेको सो क्षेत्रमा अहिले बिजुली, सडक पुगेको छ । पहिले पहिले हिँडेर टोखासम्म गाईबस्तुका लागि पराल र दैनिक उपभोग्य सामग्री लिन गएको कुरा स्मरण गर्छन् साङला सल्लेगाउँका रामप्रसाद ढकाल ।

Village_NPL_-762-1751695976.jpg
 

अहिले मोटर बाटो र अरू सुविधा आइसकेको छ तर गाउँमा मानिस नरहेको ढकालले बताए ।   काँठ क्षेत्रका धेरैले ४०-५० मुरी धान फल्ने खेत बेचेर घर बनाएको र  घर बनाउन ७ आना जग्गा बेचेको कुरा उनले सुनाए ।

यो तल जाती पनि घर बनेको, प्लटिङमा भएको सबै खेत थियो अहिले घर बन्यो साङला सापकोटा गाउँका रुद्र सापकोटाले बताए ।

Village_NPL_-758-1751695974.jpg

Village_NPL_-757-1751695974.jpg

Village_NPL_-761-1751695923.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

भर्खरै