नेभिगेशन
मुख्य समाचार

महानगरले चासो नदेखाएपछि फेवाताल सफाइमा आफैँ जुटे छोरेपाटनका युवा (तस्विरहरु)

पोखरा । आन्तरिक मात्र नभई विदेशी पर्यटकको पनि प्रमुख गन्तव्य हो पोखरा । त्यसमा पनि फेवातालले धेरैलाई लोभ्याउँछ। माछापुच्छ्रेको छायाँ देखिने फेवातालमा डुंगा सयर गर्न कसलाई रमाइलो नलाग्ला र ! फेवातालमा बढेको फोहोरले भने पर्यटकलाई खिन्न बनाउँछ । प्लास्टिक लगायत अन्य फोहोरले फेवातालको सौन्दर्यमा असर गरेको छ । विशेषगरी ड्यामसाइड क्षेत्रमा बढी फोहोरको समस्या रहेको छ ।

फेवातालको सुन्दरता बचाउन छोरेपाटनका केही युवा लागिपरेका छन् । उनीहरु फेवातालको फोहोर हटाउँदै फोहोर नफाल्न सचेतना पनि बढाइरहेका छन् । करिब २० जनाको समूहले ड्याम साइड वरपरबाट ठूलो मात्रामा फोहोर संकलन गरेका छन् । उनीहरुले नियमित रुपमै सरसफाइ गर्ने गरेका छन् तर केही दिनमै फेरि जम्मा भइहाल्ने समस्या रहेको छ।

City Express

यो ठाउँ पोखरा महानगरपालिकाको १७ नम्बर वडामा पर्छ। उनीहरुले समय–समयमा फोहोर उठाउने गरेका छन् । महानगरपालिकाले फोहोर देखेर पनि कुनै चासो नराखेको उनीहरुको गुनासो छ ।मनसुनको समयमा पोखराको फोहोर फिर्के खोला हुँदै फेवातालमा आइपुग्छ । यसैगरी सुक्खा समयमा फेवातालको पानी घट्दा सबै फोहोर ड्याम साइडमा जम्मा हुन्छ।

Phewa-taal-saphai-1-1752039638.jpg

Phewa-taal-saphai-3-1752039636.jpg

Phewa-taal-saphai-4-1752039635.jpg

Phewa-taal-saphai-5-1752039634.jpg

Phewa-taal-saphai-7-1752039634.jpg

Phewa-taal-saphai-6-1752039634.jpg

Phewa-taal-saphai-9-1752039633.jpg

Phewa-taal-saphai-8-1752039633.jpg

Phewa-taal-saphai-11-1752039630.jpg

Phewa-taal-saphai-10-1752039630.jpg

Phewa-taal-saphai-13-1752039629.jpg

Phewa-taal-saphai-12-1752039629.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

भर्खरै