नेभिगेशन
समाज

महानगरले चासो नदेखाएपछि फेवाताल सफाइमा आफैँ जुटे छोरेपाटनका युवा (तस्विरहरु)

पोखरा । आन्तरिक मात्र नभई विदेशी पर्यटकको पनि प्रमुख गन्तव्य हो पोखरा । त्यसमा पनि फेवातालले धेरैलाई लोभ्याउँछ। माछापुच्छ्रेको छायाँ देखिने फेवातालमा डुंगा सयर गर्न कसलाई रमाइलो नलाग्ला र ! फेवातालमा बढेको फोहोरले भने पर्यटकलाई खिन्न बनाउँछ । प्लास्टिक लगायत अन्य फोहोरले फेवातालको सौन्दर्यमा असर गरेको छ । विशेषगरी ड्यामसाइड क्षेत्रमा बढी फोहोरको समस्या रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेवातालको सुन्दरता बचाउन छोरेपाटनका केही युवा लागिपरेका छन् । उनीहरु फेवातालको फोहोर हटाउँदै फोहोर नफाल्न सचेतना पनि बढाइरहेका छन् । करिब २० जनाको समूहले ड्याम साइड वरपरबाट ठूलो मात्रामा फोहोर संकलन गरेका छन् । उनीहरुले नियमित रुपमै सरसफाइ गर्ने गरेका छन् तर केही दिनमै फेरि जम्मा भइहाल्ने समस्या रहेको छ।

Ncell
Extreme Energy

यो ठाउँ पोखरा महानगरपालिकाको १७ नम्बर वडामा पर्छ। उनीहरुले समय–समयमा फोहोर उठाउने गरेका छन् । महानगरपालिकाले फोहोर देखेर पनि कुनै चासो नराखेको उनीहरुको गुनासो छ ।मनसुनको समयमा पोखराको फोहोर फिर्के खोला हुँदै फेवातालमा आइपुग्छ । यसैगरी सुक्खा समयमा फेवातालको पानी घट्दा सबै फोहोर ड्याम साइडमा जम्मा हुन्छ।

Phewa-taal-saphai-1-1752039638.jpg

Phewa-taal-saphai-3-1752039636.jpg

Phewa-taal-saphai-4-1752039635.jpg

Phewa-taal-saphai-5-1752039634.jpg

Phewa-taal-saphai-7-1752039634.jpg

Phewa-taal-saphai-6-1752039634.jpg

Phewa-taal-saphai-9-1752039633.jpg

Phewa-taal-saphai-8-1752039633.jpg

Phewa-taal-saphai-11-1752039630.jpg

Phewa-taal-saphai-10-1752039630.jpg

Phewa-taal-saphai-13-1752039629.jpg

Phewa-taal-saphai-12-1752039629.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...