नेभिगेशन
समाज

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार बिहान उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथग्रहण कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको हो। कार्यक्रममा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित विश्वविद्यालयका अन्य अधिकारीहरू उपस्थित थिए।

City Express

शिक्षामन्त्री पन्तको अध्यक्षतामा गठन गरिएको सिफारिस समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो— प्रा.डा. दीपक अर्याल, निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी र पूर्व डीन प्रा.डा. विनिल अर्याल। सोही सूचीबाट कुलपति ओलीले डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

पूर्व जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत रहेका अर्याल त्रिभुवन विश्वविद्यालयमा २०५२ सालमा शिक्षण सहायकका रूपमा प्रवेश गरेका थिए। २०५४ मा स्थायी नियुक्ति पाएपछि उनले सहायक प्राध्यापक, उपप्राध्यापक हुँदै २०७६ मा प्राध्यापकको दर्जा प्राप्त गरेका थिए। उनले त्रिविबाट नै जलवायु विज्ञानमा पीएचडी गरेका छन्।

डा. अर्याल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ पनि हुन्। उनी वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालका जेठा छोरा हुन्।

गत चैत १५ गते तत्कालीन उपकुलपति प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् ।