नेभिगेशन
समाज

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार बिहान उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शपथग्रहण कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको हो। कार्यक्रममा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित विश्वविद्यालयका अन्य अधिकारीहरू उपस्थित थिए।

Ncell
Extreme Energy

शिक्षामन्त्री पन्तको अध्यक्षतामा गठन गरिएको सिफारिस समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो— प्रा.डा. दीपक अर्याल, निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी र पूर्व डीन प्रा.डा. विनिल अर्याल। सोही सूचीबाट कुलपति ओलीले डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

पूर्व जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत रहेका अर्याल त्रिभुवन विश्वविद्यालयमा २०५२ सालमा शिक्षण सहायकका रूपमा प्रवेश गरेका थिए। २०५४ मा स्थायी नियुक्ति पाएपछि उनले सहायक प्राध्यापक, उपप्राध्यापक हुँदै २०७६ मा प्राध्यापकको दर्जा प्राप्त गरेका थिए। उनले त्रिविबाट नै जलवायु विज्ञानमा पीएचडी गरेका छन्।

डा. अर्याल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ पनि हुन्। उनी वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालका जेठा छोरा हुन्।

गत चैत १५ गते तत्कालीन उपकुलपति प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...