नेभिगेशन
समाज

रसुवामा बाढीको वितण्डा, टिमुरे भन्सार क्षेत्र ध्वस्त (ड्रोन भ्यु )

चीनको सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीले मंगलबार बिहान रसुवा जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्र हुँदै आएको बाढीले टिमुरे भन्सार ध्वस्त बनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीका अनुसार, बाढीमा परेर हालसम्म ९ जनाको शव फेला परिसकेको छ भने १९ जना अझै बेपत्ता छन्। बेपत्तामध्ये २ जना नेपाल प्रहरीका जवान, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन्।

Ncell
Extreme Energy

प्रहरी प्रधान कार्यालयले दिएको पछिल्लो विवरण अनुसार बाढीमा परेकामध्ये ५७ जनाको उद्धार गरिएको छ। उद्धार र राहतका लागि हालसम्म ३८३ जना प्रहरी खटिएका छन्।

बाढीले नेपाल–चीन सीमामा रहेको ऐतिहासिक मितेरी पुल समेत बगाएको छ। साथै, टिमुरे भन्सार यार्डमा रहेका २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा विद्युतीय गाडी (EV) बाढीले बगाएको छ। रसुवागढी हाइड्रोपावरको ड्याममा पनि ठूलो क्षति पुगेको छ।

त्यसैगरी, स्याफ्रुबेसीदेखि टिमुरेसम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ, जसका कारण उद्धार तथा राहत कार्यमा थप कठिनाइ भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

घटनास्थलको हवाई दृश्यहरूमा भन्सार क्षेत्र, पुल र सडक सञ्जाल पूर्णरूपमा नष्ट भएको स्पष्ट देखिन्छ। स्थान–स्थानमा बगाएका सवारी साधन, भत्किएको पूर्वाधार र उद्धारमा खटिएको टोलीको दृश्यले स्थिति अत्यन्तै गम्भीर रहेको संकेत गर्छ।

स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको भए पनि मौसम र बाटो अबरुद्धताले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। राहत तथा पुर्नस्थापना प्रयास सुरु भइसकेको जनाइएको छ। तस्बिरहरु  : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL3-1752123266.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL10-1752123269.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL11-1752123269.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL12-1752123269.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL7-1752123268.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL8-1752123268.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL9-1752123268.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL4-1752123267.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL5-1752123267.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL2-1752123266.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL1-1752123266.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL6-1752123267.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...