नेभिगेशन
मुख्य समाचार

रसुवामा बाढीको वितण्डा, टिमुरे भन्सार क्षेत्र ध्वस्त (ड्रोन भ्यु )

चीनको सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीले मंगलबार बिहान रसुवा जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्र हुँदै आएको बाढीले टिमुरे भन्सार ध्वस्त बनाएको छ।

नेपाल प्रहरीका अनुसार, बाढीमा परेर हालसम्म ९ जनाको शव फेला परिसकेको छ भने १९ जना अझै बेपत्ता छन्। बेपत्तामध्ये २ जना नेपाल प्रहरीका जवान, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन्।

City Express

प्रहरी प्रधान कार्यालयले दिएको पछिल्लो विवरण अनुसार बाढीमा परेकामध्ये ५७ जनाको उद्धार गरिएको छ। उद्धार र राहतका लागि हालसम्म ३८३ जना प्रहरी खटिएका छन्।

बाढीले नेपाल–चीन सीमामा रहेको ऐतिहासिक मितेरी पुल समेत बगाएको छ। साथै, टिमुरे भन्सार यार्डमा रहेका २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा विद्युतीय गाडी (EV) बाढीले बगाएको छ। रसुवागढी हाइड्रोपावरको ड्याममा पनि ठूलो क्षति पुगेको छ।

त्यसैगरी, स्याफ्रुबेसीदेखि टिमुरेसम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ, जसका कारण उद्धार तथा राहत कार्यमा थप कठिनाइ भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

घटनास्थलको हवाई दृश्यहरूमा भन्सार क्षेत्र, पुल र सडक सञ्जाल पूर्णरूपमा नष्ट भएको स्पष्ट देखिन्छ। स्थान–स्थानमा बगाएका सवारी साधन, भत्किएको पूर्वाधार र उद्धारमा खटिएको टोलीको दृश्यले स्थिति अत्यन्तै गम्भीर रहेको संकेत गर्छ।

स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको भए पनि मौसम र बाटो अबरुद्धताले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। राहत तथा पुर्नस्थापना प्रयास सुरु भइसकेको जनाइएको छ। तस्बिरहरु  : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL3-1752123266.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL10-1752123269.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL11-1752123269.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL12-1752123269.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL7-1752123268.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL8-1752123268.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL9-1752123268.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL4-1752123267.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL5-1752123267.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL2-1752123266.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL1-1752123266.jpg

rasuwa-Flood-Drone-view--Aerial-shot_Nepal-photo-library_NPL6-1752123267.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

भर्खरै