नेभिगेशन
मुख्य समाचार

दैनिक दुई लाख हर्जना तिरेर यसरी भइरहेको छ त्रिवि क्रिकेट मैदानको काम

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ ।

समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ । सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । दैनिक दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।

प्यारापिट बनाउन ४९ करोड २५ लाख र फ्लड लाइट जडानका लागि ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो ।

यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइएको थियो। मंगलबारदेखि दैनिक हर्जना तिरेर काम भइरहेको छ। काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ । यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके कालोसूचीमा राख्ने व्यवस्था छ ।

निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको कार्यालयले जनाएको छ। अहिले चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लड लाइटमध्ये तीन वटा पोल आएको छ । प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लड लाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

City Express

Tu_ground5-1752729268.jpg

Tu_ground4-1752729267.jpg

Tu_ground1-1752729267.jpg

Tu_ground3-1752729267.jpg

Tu_ground2-1752729267.jpg

Tu_ground8-1752729269.jpg

Tu_ground7-1752729269.jpg

Tu_ground6-1752729268.jpg

Tu_ground9-1752729269.jpg

Tu_ground10-1752729269.jpg

Tu_ground13-1752729270.jpg

Tu_ground12-1752729270.jpg

Tu_ground11-1752729270.jpg

Tu_ground14-1752729270.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

भर्खरै