नेभिगेशन
समाज

घुस डिल गरेका निवर्तमान मन्त्री गुप्तालाई अख्तियारले बोलायो

काठमाडौँ । घुस डिल गरेका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई भ्वाईस टेस्टका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ । कास्की भूमि आयोग र मालपोतका प्रमुख सरुवाका विषयमा गुप्ताले डिल गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त अडियोमा आफ्नो आवाज भएको गुप्ताले सिधाकुरासँग स्विकार गरेका थिए । साथै उनले आफूलाई अख्तियारले फोन गरेको समेत बताएका थिए । 

Ncell
Extreme Energy

अख्तियार स्रोतका अनुसार मंगलबार अडियो टेस्टका लागि गुप्तालाई अख्तियारमा हाजिर हुन भनिएको छ । असार १० गतेनै गुप्ताका विरुद्ध अडियो प्रमाणसहित अख्तियारमा उजुरी परेपनि सुनुवाई भएको थिएन । सिधाकुराल उक्त विषय प्रकाशन तथा प्रसारण गरेपछि सर्वत्र मन्त्री गुप्ताको आलोचना भएको थियो । 
बालुवाटारमा उनले आफूलाई पूर्व भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठले फसाएको स्पष्टीकरण दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन लगाएका थिए । 

उनले श्रेष्ठसँग आएका व्यक्तिले पैसाको पोको क्वाटरमा छाडेर गएको स्विकार गरेको समाचार सार्वजनिक भएका थिए । 
घुस डील गरेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।