नेभिगेशन
मुख्य समाचार

घुस डिल गरेका निवर्तमान मन्त्री गुप्तालाई अख्तियारले बोलायो

काठमाडौँ । घुस डिल गरेका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई भ्वाईस टेस्टका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ । कास्की भूमि आयोग र मालपोतका प्रमुख सरुवाका विषयमा गुप्ताले डिल गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो । 

उक्त अडियोमा आफ्नो आवाज भएको गुप्ताले सिधाकुरासँग स्विकार गरेका थिए । साथै उनले आफूलाई अख्तियारले फोन गरेको समेत बताएका थिए । 

अख्तियार स्रोतका अनुसार मंगलबार अडियो टेस्टका लागि गुप्तालाई अख्तियारमा हाजिर हुन भनिएको छ । असार १० गतेनै गुप्ताका विरुद्ध अडियो प्रमाणसहित अख्तियारमा उजुरी परेपनि सुनुवाई भएको थिएन । सिधाकुराल उक्त विषय प्रकाशन तथा प्रसारण गरेपछि सर्वत्र मन्त्री गुप्ताको आलोचना भएको थियो । 
बालुवाटारमा उनले आफूलाई पूर्व भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठले फसाएको स्पष्टीकरण दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन लगाएका थिए । 

उनले श्रेष्ठसँग आएका व्यक्तिले पैसाको पोको क्वाटरमा छाडेर गएको स्विकार गरेको समाचार सार्वजनिक भएका थिए । 
घुस डील गरेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...