नेभिगेशन
मुख्य समाचार
Breaking

घुस डील गरेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौँ । घुस डील गरेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद समेत रहेका गुप्ताले भूमि आयोगका जिल्ला अध्यक्षको नियुक्ती र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न घुस डिल गरेका थिए । 

Dish home
City Express

पूर्व भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ र एमालेकै गण्डकी प्रदेशका नेता समेत रहेको सुजन लामाले मन्त्री गुप्ताको क्वाटरमै गएर घुस डिल गरेको अडियो सिधाकुराले सार्वजनिक गरेको थियो ।

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी

सिधाकुरासँग मन्त्री गुप्ताले अडियोमा आफ्नो आवाज भएको स्विकार गरेका थिए । साथै उनलाई घुस रकम बोकेर गएकी नाउपाकी अध्यक्ष समेत रहेकी श्रेष्ठले पनि आफू उपस्थित भएको, कुराकानी गरेको स्विकार गरेकी थिइन् । 

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

घुस डिल गरेको अडियो सार्वजनिक भएपछि पनि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षणको प्रयास गरेका थिए । तर सर्वत्र आलोचना भएपछि प्रधानमन्त्रीकै निर्देशनमा मन्त्री गुप्ताले राजिनामा गरेको बुझिएको छ । 
मन्त्री गुप्ताबारे सिधाकुराले गरेको खुलासा यस्ता छन्:


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने

दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताए । आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा...
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारीः सेना

‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारीः सेना

सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धारको प्रयास भइरहेको जानकारी दिँदै लगातार हिउँ परिरहेको र मौसम खराब...
अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनः सञ्चारमन्त्री

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनः सञ्चारमन्त्री

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध बिभिन्न संघसंस्थाहरुसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे । सामाजिक सञ्जाललाई व्यवस्थित...
मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा खटियो सशस्त्रको टोली

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा खटियो सशस्त्रको टोली

बुधबार बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले...