नेभिगेशन
समाज

बालेनसँग जयशंकरको भेटवार्ता, मोदीसँग भोलि

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ दिल्लीस्थित होटल ताज पुगेर जयशंकरले प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेका हुन् । उनी विदेशसचिव विक्रम मिश्रीसहितका अधिकारी लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । 

Marvel
Extreme Energy

भेटमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, मन्त्रालयका अधिकारीहरु, प्रधानमन्त्रीका सल्लाहकारहरुको सहभागिता थियो । 

सो अवसरमा प्रधानमन्त्रीको भ्रमणको कार्यसूची, भोलि हुने द्विपक्षीय वार्ता तथा आपसी हित र सम्बन्धका विषयमा छलफल भएको अधिकारीहरुले बताएका छन् । 

प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि भेटवार्ता हुनेछ। 

भारतको दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन आजै दिउँसो ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका हुन्। 

IMG-20261122-WA0296-1795353117.jpg

IMG-20261122-WA0297-1795353117.jpg

IMG-20261122-WA0294-1795353116.jpg

IMG-20261122-WA0295-1795353116.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation