नेभिगेशन
समाज
एमाले केन्द्रीय कमिटी बैठक

विद्याको राजनीतिक बाटो बन्दै गर्दै जब ओलीले भने: अब कमरेड विद्या भण्डारी होइन, पूर्वराष्ट्रपति विद्या भण्डारी

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन रोक लगाएको छ । बुधवार १२ घण्टासम्म चलेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेसँगै उनको राजनीतिमा फर्किने बाटो तत्कालकालागि बन्द भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका थिए । ओलीले भनेका थिए, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।’

Ncell
Extreme Energy

फर्किएकी विद्या, तर्सिएका ओली !

ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्य  पक्षमा उभिएका थिए । उनको प्रस्तावउपर युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कर्ण थापाले फरक मत राखे पनि उनीहरूको सुनुवाइ भएन । 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारा ८ र ९ को व्याख्या गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र उनी राजनीतिमा फर्किन नमिल्ने निष्कर्ष सुनाएका हुन् । अध्यक्ष ओलीले घोषणा गरे, ‘विद्या भण्डारी अब कमरेड विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति विद्या भण्डारीकारुपमा रहनुहुने छ’ । 

उनले भण्डारीको पार्टी सदस्यता अरू मार्फत नवीकरण भएको भन्दै नविकरणनै त्रुटिपूर्ण रहेको दाबी मात्रै गरेनन्, भण्डारीको पार्टी सदस्यता नवीकरणका लागि पार्टीले निर्णय गर्नुपर्ने अनिवार्य भएको बताए । 

uml_centercommite_sidhakurra-1753237489.jpg
साथै भण्डारीले स्वेच्छाले पार्टी सदस्यता त्यागेको भन्दै पुन सदस्य बन्न सुरुबाटै प्रक्रियामा जानुपर्ने बताएका थिए । बैठक पछि निर्णय सार्वजनिक गर्दै एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले  पूर्वराष्ट्रपति राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक र मुलुकको अभिभावक हुने भएकाले यस्तो व्यक्तिको राजनीतिक दलको नेता वा कार्यकर्ता बन्ने कुरा स्थापित मूल्यमान्यता, संविधानको मर्म र भावना विपरीत हुने निष्कर्षमा एमाले पुगेको बताए । 

उनका अनुसार पूर्वराष्ट्रपतिको हकमा जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा एमाले पुगेको छ ।  उनले भने, ‘राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झन्डा बोकेर हिँड्नु हुँदैन, पूर्वराष्ट्रपति प्रति हामी सबैको गौरव छ, हामी अगाडि बढाउने छौँ’ ।

भण्डारीले पार्टीको ११ औँ महाधिवेशनबाट नेतृत्व लिने तयारीसहित गत असार १४ गते राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । तर केन्द्रीय कमिटीको निर्णयले तत्काललाई उनको राजनीति बाटो बन्द भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो ।
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।