नेभिगेशन
समाज

काँग्रेसका मुख्यमन्त्रीलाई काँग्रेसकै अविश्वास प्रस्ताव, ३७ मध्ये २१ जनाको हस्ताक्षरसहित प्रस्ताव दर्ता

मकवानपुर । बागमती प्रदेशका मुख्यमनत्री बहादुरसिंह लामा उपर अविश्वासको प्रस्ताव दर्ता भएको छ । संसदीय दलका नेता समेत रहेका नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका लामालाई उनकै पार्टी नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । बागमती प्रदेशमा नेपाली काँग्रेसका ३७ जना प्रदेश सभा सदस्यहरु रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यी मध्ये २१ जनाले संसदीय दलको नेताको रुपमा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई बनाउने गरी २१ जनाले अविश्वास पत्रमा हस्ताक्षर गरेका छन् । बहुमत सदस्यहरुले हस्ताक्षरित पत्रमा संसदीय दलको नेतासमेत इन्द्रबहादुर बानियाँ हुने उल्लेख भएकाले अबको मुख्यमन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँ हुने सम्भावना देखिएको छ । 

Ncell
Extreme Energy

abiswasko-prastab-1753443364.jpg
करीब १ बर्षअघि बागमती प्रदेश सभा संसदीय दलको नेताको निर्वाचनमा बहादुरसिंह लामाले २१ र इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेका थिए । तर १ बर्षपछि सो परिणाम उल्टिएको छ । बर्तमान सरकारमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका ४ जना मन्त्रीहरुले केहीबेर अघि राजिनामा समेत बुझाएका थिए ।

राजिनामा बुझाएका मन्त्रीहरुले केन्द्रीय सभापति शेरबहादुर देउवासँगको भेटपछि राजिनामा बुझाएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेशका बहुमत सदस्यहरुले पार्टीले नेतृत्व गरेको प्रदेश सरकारले सन्तोषजनक काम गर्न नसकेकाले अविश्वास प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् । 
बागमती प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।
प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

भर्खरै