नेभिगेशन
मुख्य समाचार

हराएको ४५ वर्षपछि अमेरिकाबाट फर्काइयो एशियाकै ठूलो पौभा चित्र (तस्विरहरु)

पर्यटक हेनरीले यो चित्र पहिलोपटक नेपालमै देखेका थिए। पछि अमेरिकामा फर्किएपछि उनले सोही चित्र न्युयोर्कको संग्रहालयमा देखे र त्यसपछि नेपालसँग सम्पर्क सुरु गरेका थिए।

काठमाडौँ । ४५ वर्षअघि हराएको एक ऐतिहासिक पौभा चित्र अमेरिकाबाट नेपाल फर्किएको छ। न्युयोर्कस्थित विभिन्न संघसंस्थाहरूको पहलमा फर्काइएको यो चित्र हाल काठमाडौँको इतुंबहालस्थित पारावत महाविहारमा प्रदर्शनमा राखिएको छ । यस चित्रलाई एशियाकै सबैभन्दा ठूलो पौभा चित्र मानिन्छ। यसले नेपालको सांस्कृतिक, धार्मिक र कलात्मक सम्पदामा उल्लेखनीय योगदान दिन्छ। पर्यटक हेनरीले यो चित्र पहिलोपटक नेपालमै देखेका थिए। पछि अमेरिकामा फर्किएपछि उनले सोही चित्र न्युयोर्कको संग्रहालयमा देखे र त्यसपछि नेपालसँग सम्पर्क सुरु गरेका थिए। अनुसन्धानको क्रममा उक्त चित्रकै पहिचान भएपछि नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको हो। हाल यो ऐतिहासिक चित्र १५ दिनसम्म इतुंबहालमा प्रदर्शनीका रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ। श्री भास्करदेवद्वारा संस्कारित तथा केशचन्द्रद्वारा निर्मित पारावत महाविहार, इतुम्बहालमा—४५ औँ वर्ष प्रवेशको अवसरमा अमेरिकाबाट ल्याइएका पौभा चित्रहरू नेपाल राष्ट्रिय संग्रहालयमा प्रदर्शनीका लागि राखिएका छन् ।

Pauva-chitra-2-1754049057.jpg

Pauva-chitra-1-1754049057.jpg

Pauva-chitra-3-1754049056.jpg

Pauva-chitra-6-1754049054.jpg

Pauva-chitra-5-1754049054.jpg

Pauva-chitra-8-1754049053.jpg

Pauva-chitra-7-1754049053.jpg

Pauva-chitra-9-1754049051.jpg

Pauva-chitra-10-1754049052.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। कालो चितुवा कुनै छुट्टै प्रजाति होइन, बरु सामान्य चितुवामै हुने मेलानिज्म (melanism) नामक आनुवंशिक परिवर्तनका...

भर्खरै