नेभिगेशन
मुख्य समाचार

मकवानपुरमा १ बर्षमा ४ सय ७ सवारी दुर्घटनामा ५० जनाको ज्यान गयो

ट्राफिक प्रहरीसँग विस्तृत विवरण नै छैन

 मकवानपुर । मकवानपुर जिल्लामा १२ महिनाको अवधिमा सवारी दुर्घटनामा ५० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आर्थिक बर्ष २०८१/२०८२ (२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म) को अवधिमा ४ सय ७ वटा सवारी दुर्घटना भएको जनाएको छ । मकवानपुरमा आर्थिक बर्ष २०८०/२०८१ मा भएको सवारी दुर्घटनाको तुलनामा गएको यस आवमा सवारी दुर्घटना झण्डै दोब्बरले बढेको छ । मकवानपुरमा आर्थिक बर्ष २०८०/२०८१ मा २ सय ४५ वटा सवारी दुर्घटना भएको थियो । 

गएको असार मसान्तसम्म भएको सवारी दुर्घटनामा मकवानपुरमा १ सय ६३ जना गम्भीर घाईते भएका छन् भने ८ सय २ जना सामान्य घाईते भएका छन् । यो संख्या २०८०/२०८१ तुलनामा केही थोरै हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले आव २०८१/२०८२ मा सवारी नियम उलङ्घन गर्ने ३० हजार ३४ सवारी कार्वाहीमा २ करोड ४१ लाख ४५ हजार ५४ रुपैया राजश्व सङ्कलन गरेको जनाएको छ । 
ट्राफिकसँग विस्तृत विवरण नै छैन

CG

गत साउन १६ गते सिधाकुराले जिल्ला ट्राफिक प्रहरीसँग सवारी साधनको वर्गीकरणसहितको विवरण सूचनाको हक बमोजिम सूचना माग गरेको थियो । 

ट्राफिक प्रहरीको कार्वाहीमा परेका २ पाङ्ग्रेमा प, ब, फ अल्फाबेट, ३ पाङ्ग्रेमा ह अल्फाबेट, ४ पाङ्ग्रेमा ज, झ, ञ अल्फाबेट, हेभी सवारीमा ख, ग, क अल्फाबेट भएका सवारीहरुको बेग्लाबेग्लै विवरण माग गरिएकोमा यस्ता विवरण आफूहरुसँग नभएको जानकारी दिएको छ । प्रहरी सङ्गठनले उपलब्ध गराएको फम्र्याटमा नै विवरणहरु राख्ने गरेको र सो अनुसार आफूहरुसँग अल्फाबेटिकल वर्गीकरण नहुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलले जनाएका छन् । 

सवारी साधनको अल्फाबेटिकल वर्गीकरण नहुँदा निजी, भाडा वा सरकारी कुन वर्गीकरणका कति सङ्ख्यामा सवारी साधन कार्वाहीमा परे भन्ने विस्तृत विवरण थाहा नहुँदा दुर्घटना न्युनिकरणमा सरकारको आगामी रणनीति बनाउन कठिन हुने देखिएको छ । 

ट्राफिक प्रहरीलाई निजी २ पाङ्ग्रे (प अल्फाबेट) र भाडाका सवारी (कालो प्लेटमा सेतो अक्षर) सवारी साधनलाई बढी दुःख दिने, जरिवाना गर्ने आरोप लाग्ने गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

उनले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे । खड्काले आयोगको निर्णय स्थापित नजिरको विरुद्धमा रहेको बताए ।
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...
गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेको छ ।
निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र  झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।