नेभिगेशन
समाज

मकवानपुरमा १ बर्षमा ४ सय ७ सवारी दुर्घटनामा ५० जनाको ज्यान गयो

ट्राफिक प्रहरीसँग विस्तृत विवरण नै छैन

 मकवानपुर । मकवानपुर जिल्लामा १२ महिनाको अवधिमा सवारी दुर्घटनामा ५० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आर्थिक बर्ष २०८१/२०८२ (२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म) को अवधिमा ४ सय ७ वटा सवारी दुर्घटना भएको जनाएको छ । मकवानपुरमा आर्थिक बर्ष २०८०/२०८१ मा भएको सवारी दुर्घटनाको तुलनामा गएको यस आवमा सवारी दुर्घटना झण्डै दोब्बरले बढेको छ । मकवानपुरमा आर्थिक बर्ष २०८०/२०८१ मा २ सय ४५ वटा सवारी दुर्घटना भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएको असार मसान्तसम्म भएको सवारी दुर्घटनामा मकवानपुरमा १ सय ६३ जना गम्भीर घाईते भएका छन् भने ८ सय २ जना सामान्य घाईते भएका छन् । यो संख्या २०८०/२०८१ तुलनामा केही थोरै हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले आव २०८१/२०८२ मा सवारी नियम उलङ्घन गर्ने ३० हजार ३४ सवारी कार्वाहीमा २ करोड ४१ लाख ४५ हजार ५४ रुपैया राजश्व सङ्कलन गरेको जनाएको छ । 
ट्राफिकसँग विस्तृत विवरण नै छैन

Ncell
Extreme Energy

गत साउन १६ गते सिधाकुराले जिल्ला ट्राफिक प्रहरीसँग सवारी साधनको वर्गीकरणसहितको विवरण सूचनाको हक बमोजिम सूचना माग गरेको थियो । 

ट्राफिक प्रहरीको कार्वाहीमा परेका २ पाङ्ग्रेमा प, ब, फ अल्फाबेट, ३ पाङ्ग्रेमा ह अल्फाबेट, ४ पाङ्ग्रेमा ज, झ, ञ अल्फाबेट, हेभी सवारीमा ख, ग, क अल्फाबेट भएका सवारीहरुको बेग्लाबेग्लै विवरण माग गरिएकोमा यस्ता विवरण आफूहरुसँग नभएको जानकारी दिएको छ । प्रहरी सङ्गठनले उपलब्ध गराएको फम्र्याटमा नै विवरणहरु राख्ने गरेको र सो अनुसार आफूहरुसँग अल्फाबेटिकल वर्गीकरण नहुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलले जनाएका छन् । 

सवारी साधनको अल्फाबेटिकल वर्गीकरण नहुँदा निजी, भाडा वा सरकारी कुन वर्गीकरणका कति सङ्ख्यामा सवारी साधन कार्वाहीमा परे भन्ने विस्तृत विवरण थाहा नहुँदा दुर्घटना न्युनिकरणमा सरकारको आगामी रणनीति बनाउन कठिन हुने देखिएको छ । 

ट्राफिक प्रहरीलाई निजी २ पाङ्ग्रे (प अल्फाबेट) र भाडाका सवारी (कालो प्लेटमा सेतो अक्षर) सवारी साधनलाई बढी दुःख दिने, जरिवाना गर्ने आरोप लाग्ने गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सोमबार नेपाल भित्रिँदै १ हजार मेट्रिक टन डिएपि मल

सोमबार नेपाल भित्रिँदै १ हजार मेट्रिक टन डिएपि मल

सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको कृषी मन्त्रालयले जनाएको छ । कृषी मन्त्री गीता चौधरीको सचिवालयका अनुसार उक्त मल सोमबार...
बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह दुई दशमलव ४१ मिटर पुगेको छ, जुन नदीको पानीको तह दुई दशमलव एक मिटरमाथि सतर्कता तह हो । नदीको बहाव बढ्दो...
कोशी बराजमा जलसतह २ लाख १५ हजार नाघ्याे,  ५२ ढोका खोल्ने तयारी

कोशी बराजमा जलसतह २ लाख १५ हजार नाघ्याे,  ५२ ढोका खोल्ने तयारी

विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्नसक्ने बताएका छन् ।  “आज साँझसम्म कोशी नदीको जलसतह चार दशमलव ७८ मिटर पुगेको...
रोजगारी र आर्थिक क्रियाकलापलाई तिब्ररुपमा अघि बढाउनु आजको आवश्यक्ता होः राष्ट्रपति पौडेल

रोजगारी र आर्थिक क्रियाकलापलाई तिब्ररुपमा अघि बढाउनु आजको आवश्यक्ता होः राष्ट्रपति पौडेल

आइतबार इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताएका हुन् ।