नेभिगेशन
मुख्य समाचार

कुलिङ पिरियडको बेइमानीमा दोषी देखिएपछि रामहरि खतिवडाले समिति सभापतिबाट दिए राजीनामा

काठमाडौँ । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय मागेर बोल्दै खतिवडाले राजीनामा दिएका हुन् । 

छानबिन समितिले कुलिङ अफ पिरियडको गडबडीमा समितिका सभापति रहेका खतिवडा र र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार किटान गर्दै दोषी देखाएका थियो । 

समितिले भनेको थियो, ‘परिमार्जित मस्यौदा प्रतिवेदन समितिका माननीय सदस्यहरूलाई देखाई छलफल गरी सभामा पेस गर्नु पर्नेमा सो नगरी निश्चित व्यक्तिहरूबीच अनौपचारिक बैठक बसी मिति २०८२/०२र१३ मा प्रतिवेदन पठाएको देखिँदा माननीय सभापतिको समन्वयकारी भूमिकामा कमी भएको देखियो ।'

कुलिङ पिरियडको गडबडीमा रामहरी र दुरा जिम्मेवार, अरु कसको भूमिका के ?

साथै  प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेश भएको देखिँदा कानुनतस् हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले ‘उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन’ भनिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री(तस्बिरहरु)

जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री(तस्बिरहरु)

पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द दिने गर्दछ। बदाम एक पौष्टिक तत्वले भरिपूर्ण खाद्य वस्तु हो, यसमा भरपूर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न...
आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त मधेश प्रदेश घोषणा  गरौँः डा. सिके राउत

आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त मधेश प्रदेश घोषणा गरौँः डा. सिके राउत

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीका रुपमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि उनले फेसबुकमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनले धेश प्रदेश सभाको बैठक सडकमा नै  डाकेर भए...
निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

आयोजना प्रमुख थापाले भने, “विज्ञले अनुगमन गरे पश्चात पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँबाट सेवा सुरु हुनेछ । नेपालगञ्जमा निर्मित...
मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।