नेभिगेशन
मुख्य समाचार

उमा गौरी सहकारी प्रकरणमा लेखा समिति सभापति ऋषिकेशकी पत्नी अञ्जलासँग एक करोड धरौटी माग

विराटनगर । उमा गौरी कृषि सहकारीमा रकम हिनामिना प्रकरणमा उच्च अदालतले विराटनगरले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालसँग १ करोड धरौटी माग्न आदेश दिएको छ । यस अघि मोरङ जिल्ला अदालतले कोइरालालाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

मोरङ जिल्ला अदालतले दिएको फैसला उल्टाउँदै उच्च अदालतले कोइरालासहित ४ जनालाई जनही १ करोड रुपैयाँ धरौटीको आदेश दिएको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी श्रीमती कोइरालासहित रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटासँग एक एक करोड रुपैयाँ धरौटी माग गरेको हो । 

यसअघि जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २४ गते कोइरालालाई १० लाख, बाँस्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा छोडेको थियो ।

जिल्लाको सोही आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

उमा गौरी सहकारीमा २२ करोडभन्दा बढी रकम हिना मिना भएको छ । सो प्रकरणमा सञ्चालक समिति सदस्य रहेकी कोइराला सहित चार प्रतिवादीलाई १ करोड धरौटी माग गर्ने आदेश उच्च अदालत विराटनगरले दिएको हो ।

मोरङको धनपालथान गाउँपालिकामा सञ्चालित उमा गौरी सहकारी संस्थाका ८ हजार ८४२ शेयर सदस्यको करोडौँ रुपैयाँ हिनामिना भएको थियो । छानबिनका क्रममा सहकारीको कुल २२ करोड ४८ लाख २७ हजार रुपैयाँ अपचलन गरिएको पुष्टि भएपछि गत मङ्सिरमा अन्जलासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...