नेभिगेशन
समाज

उमा गौरी सहकारी प्रकरणमा लेखा समिति सभापति ऋषिकेशकी पत्नी अञ्जलासँग एक करोड धरौटी माग

विराटनगर । उमा गौरी कृषि सहकारीमा रकम हिनामिना प्रकरणमा उच्च अदालतले विराटनगरले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालसँग १ करोड धरौटी माग्न आदेश दिएको छ । यस अघि मोरङ जिल्ला अदालतले कोइरालालाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोरङ जिल्ला अदालतले दिएको फैसला उल्टाउँदै उच्च अदालतले कोइरालासहित ४ जनालाई जनही १ करोड रुपैयाँ धरौटीको आदेश दिएको हो ।

Ncell
Extreme Energy

उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी श्रीमती कोइरालासहित रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटासँग एक एक करोड रुपैयाँ धरौटी माग गरेको हो । 

यसअघि जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २४ गते कोइरालालाई १० लाख, बाँस्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा छोडेको थियो ।

जिल्लाको सोही आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

उमा गौरी सहकारीमा २२ करोडभन्दा बढी रकम हिना मिना भएको छ । सो प्रकरणमा सञ्चालक समिति सदस्य रहेकी कोइराला सहित चार प्रतिवादीलाई १ करोड धरौटी माग गर्ने आदेश उच्च अदालत विराटनगरले दिएको हो ।

मोरङको धनपालथान गाउँपालिकामा सञ्चालित उमा गौरी सहकारी संस्थाका ८ हजार ८४२ शेयर सदस्यको करोडौँ रुपैयाँ हिनामिना भएको थियो । छानबिनका क्रममा सहकारीको कुल २२ करोड ४८ लाख २७ हजार रुपैयाँ अपचलन गरिएको पुष्टि भएपछि गत मङ्सिरमा अन्जलासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।