नेभिगेशन
मुख्य समाचार

निजी विद्यालय सञ्चालकको आन्दोलनः स्कुल बसमा कालो ब्यानर टाँगेर चक्रपथ परिक्रमा (तस्विरहरु)

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै आज विरोध कार्यक्रम गरेका छन् । उनीहरुले आज बिहान ११ बजेबाट देशभरका विद्यालयहरूका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् । साथै प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गर्ने बताएका छन् । काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण विद्यालयका सवारी साधनहरूले २७ किमि चक्रपथ वरिपरि कालो व्यानरसहित परिक्रमा गर्नेछन् । आज नै दिउँसो १२ः३० बजे माइतीघर मण्डलामा भेला भई संघीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ । 
यस्ता छन् मागः 
– ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने ।
– विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
– कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।
– छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
–  छात्रवृत्ति सम्वन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान, जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

niji-school-bus-2-1755846582.jpg

niji-school-bus-1-1755846582.jpg

niji-school-bus-4-1755846581.jpg

niji-school-bus-3-1755846581.jpg

niji-school-bus-7-1755846580.jpg

niji-school-bus-6-1755846580.jpg

niji-school-bus-5-1755846580.jpg

niji-school-bus-9-1755846579.jpg

niji-school-bus-11-1755846579.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। कालो चितुवा कुनै छुट्टै प्रजाति होइन, बरु सामान्य चितुवामै हुने मेलानिज्म (melanism) नामक आनुवंशिक परिवर्तनका...
आईजीपी दान बहादुर कार्कीले लगाए आईजीपीको फुली (तस्बिरहरु)

आईजीपी दान बहादुर कार्कीले लगाए आईजीपीको फुली (तस्बिरहरु)

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) मा कार्की नियुक्त भएका हुन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।
कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचना महानगरले भत्कायो(तस्बिरहरु)

कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचना महानगरले भत्कायो(तस्बिरहरु)

पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता...