नेभिगेशन
समाज

निजी विद्यालय सञ्चालकको आन्दोलनः स्कुल बसमा कालो ब्यानर टाँगेर चक्रपथ परिक्रमा (तस्विरहरु)

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै आज विरोध कार्यक्रम गरेका छन् । उनीहरुले आज बिहान ११ बजेबाट देशभरका विद्यालयहरूका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् । साथै प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गर्ने बताएका छन् । काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण विद्यालयका सवारी साधनहरूले २७ किमि चक्रपथ वरिपरि कालो व्यानरसहित परिक्रमा गर्नेछन् । आज नै दिउँसो १२ः३० बजे माइतीघर मण्डलामा भेला भई संघीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ । 
यस्ता छन् मागः 
– ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने ।
– विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
– कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।
– छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
–  छात्रवृत्ति सम्वन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान, जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

niji-school-bus-2-1755846582.jpg

Ncell
Extreme Energy

niji-school-bus-1-1755846582.jpg

niji-school-bus-4-1755846581.jpg

niji-school-bus-3-1755846581.jpg

niji-school-bus-7-1755846580.jpg

niji-school-bus-6-1755846580.jpg

niji-school-bus-5-1755846580.jpg

niji-school-bus-9-1755846579.jpg

niji-school-bus-11-1755846579.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।

भर्खरै