नेभिगेशन
समाज

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

पोखरा । प्रभु बैंक लिमिटेड र मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फा स्थित मार्फा प्यालेस होटल बीच व्यवसायिक साझेदारी अन्तर्गत आफ्ना कर्मचारी तथा ग्राहकवर्ग लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

CG

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटल विच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने विश्वास लिइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न...
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण गरेका बुढामगर

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण गरेका बुढामगर

उनले आफ्नो आरोहण अनुभव सुनाउँदै भने, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको...
सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

बिहीबार नेपाल आइपुगेका उनले शुक्रबार पशुपति नाथको दर्शन गरेका छन् ।