नेभिगेशन
मुख्य समाचार

ऋषि पञ्चमीका दिन पशुपति गुह्येश्वरीमा पूजा आराधना गर्दै श्रद्धालु (तस्विरहरु)

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दु नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् । यसदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । रजस्वला भइसकेका नारीहरुले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको कथन छ ।

City Express

ऋषिपञ्चमीका अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शन तथा ऋषिपञ्चमी मेला भर्न आएका महिला भक्तजनहरुले ऋषेश्वरको दर्शन तथा पूजा आराधना गरेका छन् ।  मन्दिरमा प्रत्येक वर्ष ऋषिपञ्चमीका अवसरमा विशेष मेला सहित दशनार्थी महिलाहरूको भीड लाग्ने गर्दछन् ।  

Rishipanchami-2-1756358124.jpg

Rishipanchami-1-1756358124.jpg

Rishipanchami-6-1756358123.jpg

Rishipanchami-5-1756358123.jpg

Rishipanchami-4-1756358123.jpg

Rishipanchami-3-1756358123.jpg

Rishipanchami-10-1756358122.jpg

Rishipanchami-8-1756358122.jpg

Rishipanchami-7-1756358122.jpg

Rishipanchami-11-1756358121.jpg

Rishipanchami-12-1756358121.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।
बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ ।
खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई...
काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा चलायो डोजर(तस्बिरहरु)

काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा चलायो डोजर(तस्बिरहरु)

सम्पदा क्षेत्रमा निर्माण गरिएको ट्राफिक प्रहरी प्रभागको संरचनामा महानगरले डोजर चलाएको हो । सम्पदा क्षेत्र खुल्ला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ सो क्षेत्रमा निर्माण गरिएको अवैध संरचना...