नेभिगेशन
मुख्य समाचार

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी समूहसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन ।

सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा आयोजत अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए ।

CG

उनले प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरे ।

सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्र्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

क्यासिनो सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेको प्रहरीले जनाएको छ । वाल्डो क्यासिनोमा म्याग्नेटिक तास र आइ लेन्स प्रयोग गरी डमी खेलाडी खेलाएर ठगी गरेको आरोपमा...
थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सम्झौता हुनुअघि शनिबार बिहानसम्म थाइल्यान्डले कम्बोडियाका केही स्थानमा हवाई आक्रमण गरेको थियो ।
म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन

म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन

तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ । पहिलो चरणमा देशका ३३० मध्ये १०२ स्थानमा मतदान भइरहेको छ...
सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ

सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ

आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...