नेभिगेशन
समाज

रास्वपा उपसभापति डीपी अर्याल काठमाडौँ ९ बाट चुनाव लड्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचन लड्ने भएका छन् । रास्वपा काठमाडौँले अर्याललाई काठमाडौँ ९ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकलमा सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा काठमाडौँ जिल्ला क्षेत्रिय निर्वाचन समितिले उक्त निर्णय गरेर अहिले पार्टी केन्द्रिय कार्यालयलाई जानकारीका लागि जाँदै गरेको सिधाकुरालाई जानकारी दियो । 

Ncell
Extreme Energy

‘काठमाडौँ ९ बाट केन्द्रिय नेता डोलप्रसाद अर्याललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय भयो’ काठमाडौँ ९ का क्षेत्रीय सभापति जयराम अर्यालले सिधाकुरासँग भने। 

उनकाअनुसार यो क्षेत्रबाट निर्वाचन लड्नका लागि अर्यालबाहेक ४ जना नेताहरूको शुक्रबारसम्म आँकाक्षा प्रस्तुत गरेका थिए । सोही क्षेत्रबाट निर्वाचन लड्ने डिपी अर्यालको चाहना पछि अन्य आकांक्षीहरुले सर्वसम्मत रुपमा डिपी अर्याललाई समर्थन जनाएका हुन्। 

‘अहिले हामी सोही सर्वसम्मत सिफारिसको पत्र लिएर केन्द्रिय कार्यालय जाँदैछौँ,’ क्षेत्रीय सभापति अर्यालले सिधाकुरासँग भने । अर्यालकाअनुसार निर्वाचन क्षेत्रबाट सर्वसम्मत सिफारिस भए पनि पार्टीको आन्तरिक निर्वाचन प्रणालीअनुसार प्रत्यक्षतर्फको आन्तरिक प्रतिस्पर्धा भने बाँकी नै छ। 

शनिबारसम्म प्रत्यक्षतर्फको आकांक्षीले पार्टीमा उम्मेदवारी दिन पाउने भएकाले आकांक्षीहरु थप हुन सक्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।