नेभिगेशन
समाज

कैलाली कारागारमा ज्यान गुमाएका चौधरीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गत साउन २३ गते कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसअघि गत साउन २५ गते मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक चौधरीको परिवारलाई रु पाँच लाख राहत प्रदान गर्ने निर्णय गरेको थियो ।

Ncell
Extreme Energy

यस्तै बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रूपमा लागू गर्न सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले जानकारी दिए । प्रदेश सरकारले निर्माण गरेका कालोपत्र सडकको नियमित मर्मत सम्भारका लागि मर्मत समूहमार्फत सडक मर्मत कार्य गरिनेछ । प्रत्येक वर्ष प्रदेश सरकारले करिब दुई सय किलोमिटर कालोपत्र सडक निर्माण गर्दै आएको छ । यसरी नियमित मर्मत तथा सम्भार गर्दा सडकको आयु लामो हुने अपेक्षा प्रदेश सरकारले गरेको छ ।

बैठकले सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । साथै सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।