नेभिगेशन
मुख्य समाचार

कांग्रेस विशेष महाधिवेशनः पुरानै विधानअनुसार निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार निर्वाचन गर्ने भएको छ ।

नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन गर्न लागेको जानकारी दिएको हो ।

CG

पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए । 

विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समिति रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

निर्वाचन समितिका संयोजक केसीले मध्याह्न २ः०० देखि ३ः०० बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम रहेको जानकारी दिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न पनि तयार छुः राजेन्द्र लिङ्देन

पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न पनि तयार छुः राजेन्द्र लिङ्देन

मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष लिङ्देनले बलियो बनाउन बनाउने क्रममा व्यवस्थापकीय कुराहरु छलफलबाट मिलाउन सकिने भन्दै नेतृत्व बाधक बने परिवर्तन गर्न समेत आफु तयार रहेको बताएका...
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

आज ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९...
कांग्रेस विशेष महाधिवेशनः सभापति पदका लागि दर्ता शुल्क ३० हजार, अन्य पदको कति ?

कांग्रेस विशेष महाधिवेशनः सभापति पदका लागि दर्ता शुल्क ३० हजार, अन्य पदको कति ?

कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले पार्टीको विधानअनुसार निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सभापति पदका लागि रु ३० हजार,...
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

कांग्रेस विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेर अगाडि पत्रकार सम्मेलन गरी पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि पार्टी संस्थापनलाई स्वामित्व ग्रहण गर्न आग्रह गरेका हुन् ।