नेभिगेशन
मुख्य समाचार

रुपन्देही–२ बाट राप्रपा उम्मेदवार थापाको उम्मेदवारी फिर्ता

लुम्बिनी । फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी छन् ।

उनले स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिएकी छन् । नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवासीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि पुगेपछि मात्र नेपालको कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ ।

CG

उम्मेदवार थापाले आफ्नो उम्मेदवारीका विषयमा कहीँकतैबाट निर्वाचन आयोगमा उजुरी परेको नभई संविधानअनुसार उम्मेदवार बन्न नमिल्ने भएर पार्टीले उम्मेदवारी फिर्ता लिन अनुरोध गरेकाले आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइन । उम्मेदवार थापाले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट परेकी छन् ।

तर नेपालको संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति परित्याग गरेपछि कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने संवैधानिक व्यवस्था रहेको थाहा पाएपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उनले बताइन । उम्मेदवार थापाको उम्मेदवारी फिर्ताको निवेदन आएको र त्यसउपर आवश्यक अध्ययन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा निर्वांचनः देशभरबाट ४९ उम्मेदवारको मनोनयन फिर्ता

प्रतिनिधिसभा निर्वांचनः देशभरबाट ४९ उम्मेदवारको मनोनयन फिर्ता

आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । यससम्बन्धी...
धादिङ १ मा आसिकासहित आठ जना चुनावी प्रतिस्पर्धामा उत्रिदै, कसैले उम्मेदवारी फिर्ता लिएनन्

धादिङ १ मा आसिकासहित आठ जना चुनावी प्रतिस्पर्धामा उत्रिदै, कसैले उम्मेदवारी फिर्ता लिएनन्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका मध्ये कुनै उम्मेदवारलाई चुनाव लड्न इच्छा नभएको खण्डमा उम्मेदवारी फिर्ता गर्न सक्ने भन्दै निर्वाचन आयोग छुटाएको समायाधिमा कुनै पनि उम्मेदवारले आफ्नो...
काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यालय सानेपाको बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेश गरेका हुन् ।
काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

सभापतिमा चुनिएको ८ दिनपछि पदभार ग्रहणका लागि नेपाली काँग्रेस सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका हुन । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय...

भर्खरै