नेभिगेशन
मुख्य समाचार

बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिका छौंः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देशलाई बदल्ने गरि पार्टी निर्वाचनमा होमिएको बताएका छन् ।

विशेष महाधिवेशनमा पार्टी सभापति निर्वाचित भएपछि शुक्रबार पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहणका साथै केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति थापाले सवैको चाहना अनुसार नै कांग्रेस बदलिएर अघि बढेको भन्दै अव बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताएका हुन ।

CG

उनले पार्टी एकढिक्का भएर निर्वाचन सहभागी हुन आह्वान समेत गर्नुभयो । सभापति थापाले छाटो समयमा प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्दा केहि त्रुटिहरु भएको भन्दै आगामी निर्वाचनमा प्रत्येक क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने स्पष्ट पारे । उनले आफुहरु संस्थापक नेताहरुले सिकाएको बाटोबाटै अघि बढेको बताए ।

उनले सुशासन र भ्रष्टाचार अन्त्य हुनुपर्नेमा नागरिकहरुको जोड रहेको भन्दै देश र राज्यलाई ठिक गतिमा चलाउने उल्लेख गरे । सभापति थापाले अन्य नेताहरुको निर्वाचन क्षेत्रमा भन्दा पनि आ–आफ्नै निर्वाचन क्षेत्रमा परिचालन हुन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

कांग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो । त्यसैगरी, बैठकले कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका...
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरुलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन...
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

बैठकले भारतको नयाँ दिल्लीमा यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने ‘फष्ट साउथ एसियन एग्रोफरेष्ट्री एन्ड ट्रिज आउटसाइड फोरकास्ट कन्फ्रेन्स’ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव...
भावी प्रधानमन्त्रीको उम्मेदवार सभापति गगन थापालाई बनाउने काँग्रेसको घोषणा

भावी प्रधानमन्त्रीको उम्मेदवार सभापति गगन थापालाई बनाउने काँग्रेसको घोषणा

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए । उपसभापति शर्माको प्रस्तावलाई बैठकले पारित गरेको प्रवक्ता चालिसेले बताए । बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन...

भर्खरै