नेभिगेशन
समाज

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरुलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका हुन ।

Ncell
Extreme Energy

उनले देशलाई फेरि अर्को अनिष्टमा जान नदिने जिम्मेवारी आफुहरुले लिएको भन्दै वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकैठाँउमा ल्याउने अभियानको सुरुवात गरेको धारणा व्यक्त गरे । राष्ट्र संकटमा रहेकाले बामपन्थीहरु एकताबद्ध हुन उनले आह्वान समेत गरेका छन् ।

त्यस्तै प्रचण्डले जेनजी आन्दोलन र संसद बिघटनपश्चात संसद पुर्नस्थापना र सर्वपक्षीय सरकारको चर्चा चलेपछि आफुहरुले निर्वाचनमा नै जोड दिएको धारणा व्यक्त गरे । अहिले देश निर्वाचनभय भइसकेको उल्लेख गर्दै प्रचण्डले निर्वाचनमा नेकपा एक नंवरको पार्टी हुने दावी गरे ।

त्यसैगरि नेकपाका सह–संयोजक माधव कुमार नेपालले कम्युनिष्ट पार्टीमा धेरै बिकृति र समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि कम्युनिष्ट पार्टीहरु एकीकृत भएको बताए । गलत प्रवृति र सोचसंग जुध्नका लागि पवित्र भावनाका साथ जनतामाझ जाने र जनताले नेकपालाई सवैभन्दा ठूलो पार्टीको रुपमा बिजयी गराउने उनले बताए ।

कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने, अम्बिरबाबु गुरुङ लगाएतका नेताहरुलाई नेकपा प्रवेश गराइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...