नेभिगेशन
मुख्य समाचार

कांग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ ।

सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो । त्यसैगरी, बैठकले कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको छ ।

CG

बैठकले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता चालिसेले जानकारी दिए । साथै केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने पनि निर्णय उनले बताए ।

प्रवक्ता चालिसेका अनुसार शुक्रबारकै बैठकले पार्टीका तर्फबाट सभापति थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरुलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन...
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

बैठकले भारतको नयाँ दिल्लीमा यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने ‘फष्ट साउथ एसियन एग्रोफरेष्ट्री एन्ड ट्रिज आउटसाइड फोरकास्ट कन्फ्रेन्स’ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव...
बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिका छौंः सभापति थापा

बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिका छौंः सभापति थापा

विशेष महाधिवेशनमा पार्टी सभापति निर्वाचित भएपछि शुक्रबार पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहणका साथै केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति थापाले सवैको चाहना अनुसार नै...
भावी प्रधानमन्त्रीको उम्मेदवार सभापति गगन थापालाई बनाउने काँग्रेसको घोषणा

भावी प्रधानमन्त्रीको उम्मेदवार सभापति गगन थापालाई बनाउने काँग्रेसको घोषणा

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए । उपसभापति शर्माको प्रस्तावलाई बैठकले पारित गरेको प्रवक्ता चालिसेले बताए । बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन...

भर्खरै