नेभिगेशन
मुख्य समाचार

एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । 

शनिबार पार्टी कार्यालय च्यासलमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा प्रवेश गराउदै अध्यक्ष ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै निर्वाचनको तयारीसंगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् । अध्यक्ष ओलीले शुक्रबार आफु झापाबाट काठमाडौं फर्कदा बिमानस्थलमा अपमानित हुनपरेको बताए । माथिबाट आदेश भन्दै आफुलाई सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै उनले आपत्ति जनाए । 

CG

अध्यक्ष ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको भन्दै देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे । नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ ।

उनले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उल्लेख गरे । नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे । 

त्यसैगरि एमाले प्रवेश गर्दै अग्रवालले पुँजी बजारको सुरक्षित भविष्य सुनिश्चित गर्न नेकपा (एमाले) मा प्रवेश गरेको बताए । अग्रवालले पारदर्शी, सुरक्षित र लगानीमैत्री पुँजी बजारको माग गर्दै आएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
नेपालद्वारा जिम्बाब्वे पराजित

नेपालद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार...
काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौं–४ का मतदाताप्रति आफु जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट...
उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ ।