नेभिगेशन
मुख्य समाचार

काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । 

शनिबार काठमाडौँमा सर्लाहीका युवाहरुसंगको छलफलका क्रममा सभापति थापाले काठमाडौँमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् । 

CG

काठमाडौं–४ का मतदाताप्रति आफु जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट नपुगेको उल्लेख गरे । 

कांग्रेसलाई मधेशले नै अहिलेको अवस्थामा ल्याएकाले मधेशसँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेशको नेतृत्व गर्ने प्रयास गरेमात्रै आफु राष्ट्रिय नेता हुने धारणा राखे । आफु सो क्षेत्रमा निर्वाचित भए पाँच बर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए । सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफुले जनताको समस्या सुन्ने उल्लेख गरे । 

त्यस्तै सभापति थापाले युवाहरुको भावनालाई आत्मसाथ गर्न पार्टीमा परिर्वतनको प्रयास गरेको र सफल भएको बताए । अहिलेको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केहि कमिकमजोरी भएपनि कुनै आर्थिक चलखेल नभएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
नेपालद्वारा जिम्बाब्वे पराजित

नेपालद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार...
एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

ध्यक्ष ओलीले शुक्रबार आफु झापाबाट काठमाडौं फर्कदा बिमानस्थलमा अपमानित हुनपरेको बताए ।
उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ ।