नेभिगेशन
मुख्य समाचार

बित्तीय असन्तुलनका कारण स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन समस्या भयोः मन्त्री शर्मा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले बित्तीय असन्तुलन र समयमा नै दाबी भुक्तानी नभएका कारण स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन समस्या भएको बताएकी छन् ।

आफ्नो तीन महिने कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी दिन आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन आफुहरुले पहिलो दिनदेखि नै कार्य सुरु गरेपनि बिभिन्न समस्याका कारण सफल हुन नसकेको बताएकी हुन ।

CG

स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिको अधिक सहभागीता, अनावश्यक सेवा उपभोग, दावी व्यवस्थापनमा कमजोरी लगाएतका समस्या स्वास्थ्य बीमा क्षेत्रमा देखिएको उनले बताइन ।

मन्त्री गौतमले स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भएको र स्वीकृतिको प्रक्रिया अघि बढाइएको जानकारी दिइन । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न जनशक्ति तयार अवस्था रहेपनि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै सुधार गर्न कठिन भएको उनको भनाइ छ ।

उनले जेनजी घाइतेहरुको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बीमा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिन ।

उनले मातृ मृत्यु सर्वेक्षणमा उच्च मातृ मृत्युदर रहेका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा मातृ मृत्युदर कम गर्न विशेष ध्यान दिइएको भन्दै आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा काम गर्ने धारणा व्यक्त गरेकी छन् थिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

उद्योग वाणिज्य संघ काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा माघ १४ देखि १७...
निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

आइतबारदेखिनै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइएको हो ।
नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।

भर्खरै