नेभिगेशन
मुख्य समाचार

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा व्यक्त गरेकी छन् ।

नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको प्रमुख आतिथ्यमा आइतबार काठमाडौँ आयोजित पहिलो दीक्षान्त समारोहमा उनले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै जानुपर्नेमा जोड दिए ।

CG

“हाम्रो मुलुक अरुले आएर बनाइदिने होइन, हामीले बनाउने हो । बेथितिबाट भाग्ने होइन । हामीले बेथिति, भ्रष्टाचारलाई हटाउँदै जानुपर्छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “दीक्षित विद्यार्थीलाई मुलुक बनाउने अभियानमा सहकार्य गर्न म आग्रह गर्दछु । विश्वविद्यालयले प्रतिभा पलायन हुन नदिने, आजका युवाको बदलिँदो स्थितिलाई सम्बोधन गर्ने र उत्पादित जनशक्तिले स्वदेशमा योगदान दिनसक्ने गरी उत्पादनमुखी शिक्षा दिन सक्नुपर्छ ।”

समारोहमा प्रमुख अतिथि शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले जीवनपर्यन्त सिकाइमा लाग्नु र कठिन अवस्थामा पनि सिकाइलाई निरन्तरता दिनसक्नु खुल्ला विश्वविद्यालयका विद्यार्थीको दायित्व हुने बताइन ।

कार्यक्रमा सहभागी विभित्र सङ्कायका उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको थियो । विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायमा उच्चशिक्षा दिँदै आएको छ ।

खुल्ला विश्वविद्यालयका उपकुलपति डा शिलु मानन्धर बज्रचार्यले व्यस्त जीवनशैली बिताइरहेका व्यक्तिलाई खुल्ला विश्वविद्यालयमार्फत दूरशिक्षाका माध्यमबाट सहज रूपमा उच्चशिक्षा दिँदै आएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैनः गृहमन्त्री अर्याल

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैनः गृहमन्त्री अर्याल

भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आइतबार उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताएका...
माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

उद्योग वाणिज्य संघ काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा माघ १४ देखि १७...
निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

आइतबारदेखिनै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइएको हो ।

भर्खरै