नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनः ९५ प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि आइतबार भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म भएको मतदानमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आइतबार निर्वाचन भएको हो ।

CG

निर्वाचन अधिकृतका कार्यालयहरूबाट आयोगमा प्राप्त विवरणअनुसार कोशी प्रदेशमा कुल मतदाता ३६० रहेकामा ३४५ मत खसेको छ । मधेस प्रदेशमा ३६४ मध्ये ३४१, वाग्मतीमा ३३८ मध्ये ३१८, गण्डकीमा २२८ मध्ये २२३, लुम्बिनीमा  २९९ मध्ये २८६, कर्णालीमा १९८ मध्ये १९१ र सुदूरपश्चिममा २२४ मध्ये २२० मत खसेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको आयोगले जनाएको छ । शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आयोगले धन्यवाद दिएको छ ।

सबै मतपेटिका जम्मा गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फ एक पदमा निर्विरोध भएको थियो । त्यहाँ उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन ।

बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फेक रेस्क्यूमा संलग्न बिभिन्न ट्राभल एजेन्सीका सञ्चालक सीआइबीको फन्दामा

फेक रेस्क्यूमा संलग्न बिभिन्न ट्राभल एजेन्सीका सञ्चालक सीआइबीको फन्दामा

सीआईबीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरि ठगी गरेको आरोपमा बिभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जनाएको हो ।
राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका  चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन ।
एक आपसमा शुभकामना आदानप्रदान गर्दै तामाङ समुदायले मनाए म्हेन्दोमाया पर्व(तस्बिरहरू)

एक आपसमा शुभकामना आदानप्रदान गर्दै तामाङ समुदायले मनाए म्हेन्दोमाया पर्व(तस्बिरहरू)

उनीहरूले ल्होसारको अवसरमा म्हेन्दोमाया गायन तथा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम आयोजना गरी एक अर्कामा शुभकामना आदानप्रदान गरी सो कार्यक्रम मनाएका हुन् ।
रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आइतबार कारण देखाउ आदेश गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

भर्खरै