नेभिगेशन
समाज

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो पटक  ६ जना प्रत्यक्ष उम्मेदवार

काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक समावेशी समाजवादी पार्टीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट आफ्नै पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी अघि सारेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अवसरमा सोमबार पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन गरी निर्वाचनमा उम्मेदवार दर्ता गराएका हुन् । पार्टीबाट प्रत्यक्षतर्फ ६ जना उम्मेदवार छन् ।

Ncell
Extreme Energy

मोरङ क्षेत्र नम्बर ४ बाट नुमा लिम्बु, काठमाडौं क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा क्षेत्र नम्बर १ बाट पिंकी राई, रुपन्देही क्षेत्र नम्बर २ बाट देवेन्द्र बहादुर खत्री, काठमाडौं क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट विनोद लामा उम्मेदवार रहेका छन् ।

यसै पार्टीबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको कार्यकारी निर्देशक सुनील बाबु पन्तले जानकारी दिए । राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले निर्वाचनमा सहभागी भएको उनले बताए ।

अल्पसंख्यक समुदायका व्यक्तिहरू स्वतन्त्र रूपमा समाजमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्न चुनावमा सहभागी भएको नुमा लिम्बुले बताए ।तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...