नेभिगेशन
मुख्य समाचार

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो पटक  ६ जना प्रत्यक्ष उम्मेदवार

काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक समावेशी समाजवादी पार्टीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट आफ्नै पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी अघि सारेको छ।

यस अवसरमा सोमबार पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन गरी निर्वाचनमा उम्मेदवार दर्ता गराएका हुन् । पार्टीबाट प्रत्यक्षतर्फ ६ जना उम्मेदवार छन् ।

CG

मोरङ क्षेत्र नम्बर ४ बाट नुमा लिम्बु, काठमाडौं क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा क्षेत्र नम्बर १ बाट पिंकी राई, रुपन्देही क्षेत्र नम्बर २ बाट देवेन्द्र बहादुर खत्री, काठमाडौं क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट विनोद लामा उम्मेदवार रहेका छन् ।

यसै पार्टीबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको कार्यकारी निर्देशक सुनील बाबु पन्तले जानकारी दिए । राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले निर्वाचनमा सहभागी भएको उनले बताए ।

अल्पसंख्यक समुदायका व्यक्तिहरू स्वतन्त्र रूपमा समाजमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्न चुनावमा सहभागी भएको नुमा लिम्बुले बताए ।तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीका अनुसार विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौँ नै आउनुपर्ने विद्यार्थीको बाध्यता रहेको छ । उनले भने,...
नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

सोमबार रास्वपाका वरिष्ठ नेता शाह नेपालगञ्ज विमानस्थल भएर सुदुरपश्चिम जानलागेका हुन । साह नेपालगञ्ज भएर सुदुरपश्चिम जाँदैछन् भन्ने कुरा थाहा पाएपछि बालेनका समर्थक र शुभेच्छुकहरु उनको स्वागतमा विमानस्थलमै...
सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा होमीएका हुन । कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर...
नेपालगंज पुगे बालेन

नेपालगंज पुगे बालेन

फागुन २१ को निर्वाचन लक्षित भेटघाटका लागि सुदूरपश्चिम पुगेका उनले जिल्लाका नागरिक तथा उम्मेदवारहरुसँग भेटघाट तथा छलफल गर्ने छन् ।