नेभिगेशन
समाज

सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

काठमाडौँ । आसन्न फागुन २१ गते हुने प्रतिनिीधसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन् । सोह्र निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा होमीएका हुन । कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नारायणप्रकाश साउदलाई उम्मेदवार बनाउँदै चुनावी मैदानमा उतारेको छ ।

Ncell
Extreme Energy

साउद यसअघि सङ्घीय सरकारमा पटकपटक मन्त्री भइसकेका छन् । साउदबाहेक सुदूरपश्चिममा सबै नयाँ उम्मेदवारलाई अघि सारिएको नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री चिन्तामणि भट्टले जानकारी दिए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं १ बाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावल चुनावी मैदानमा छन् ।

सो पार्टीबाटै कैलाली क्षेत्र नं ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं १ मा बीना मगर चुनावी दौडमा छन् । आले र मगर सङ्घीय सरकारका पूर्वमन्त्री हुन । नेकपाले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री भइसकेका त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । प्रदेश सरकारकै पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

नेकपाबाटै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका मानबहादुर सुनार प्रवेश राज्यमन्त्री भइसकेका हुन । 

नेकपा (एमाले) बाट पूर्वमन्त्रीहरू सुदूरपश्चिमबाट आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार हुन । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेकपा (एमाले) का नेता गणेशसिंह ठगुन्ना, बैतडीबाट उम्मेदवार बनेका दामोदर भण्डारी सङ्घीय सरकारका पूर्वमन्त्री हुन । कैलाली निर्वाचन क्षेत्र नं.४ मा पूर्वमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट आसन्न निर्वाचनको उम्मेदवार हुन ।

कैलाली–३ का गौरीशङ्कर चौधरी पूर्वसङ्घीय मन्त्री भइसकेको नेकपा (एमाले) सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए । एमालेबाटै अछाम क्षेत्र नं १ मा उम्मेदवार बनाइएका झपटबहादुर बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुन । सचिव चन्दले डोटीमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउँदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई उम्मेदवारका रूपमा मैदानमा उतारिएको जानकारी दिए ।

उनले भने, “एमाले सबैतिर चुनावी सभा/भेलाहरू व्यवस्थित गर्दै जाने तयारीमा छ ।” सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक आँकलन गरिएको छ ।

कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रबाट २०६ जना चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...