नेभिगेशन
मुख्य समाचार

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

CG

त्यस्तै बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी पाचौं जलबिद्युत आयोजना, माथिल्लो संखुवासभा जलविधुत आयोजना र सेतिखोला जलविधुत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि भएको सरकारका प्रवक्ता अर्यालले बताए । मन्त्रिपरिषद्का अन्य निर्णयहरु नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको...
आचारसंहिता उल्लंघनका उजुरीमाथि आयोगद्वारा स्पष्टीकरण माग

आचारसंहिता उल्लंघनका उजुरीमाथि आयोगद्वारा स्पष्टीकरण माग

त्यसको जवाफ पनि प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्ने गरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो ।...