नेभिगेशन
मुख्य समाचार

म दुई दिनको चटक देखाउन आएको हैन, मधेस बुझ्न आएको हुँः गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् । 

आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए । सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो । 

CG

नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए । “अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उनले भने, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।” 

काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...